सर्वोच्चद्वारा सरकारी निर्णयस्थगनको आदेश

26644
455

नेपालको सर्वोच्च अदालतले सन् २००१ मा भूटान पिपल्स पार्टीका तत्कालीन अध्यक्ष राजकुमार बुढाथोकीको हत्यामा संलग्नहरूबारे मुद्दा फिर्ता लिने नेपाल सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।  

बुढाथोकी हत्याकाण्डबारेको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध वर्तमान पार्टी अध्यक्ष बलराम पौडेलको रिट-निवेदनमा माथि विचार गर्दै यसको टुंगो नलागेसम्म मुद्दा खारेजीसम्बन्धी सरकारी निर्णय स्थगन गर्न सर्वोच्चका न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले आदेश दिएको हो ।