Homeनेपालीसमाचारज्यान लिनेलाई ३० दिनको जेलसजाय

ज्यान लिनेलाई ३० दिनको जेलसजाय

अमेरिकाको जर्जिया राज्यको एटलान्टामा भूटानी शरणार्थी बालिकाको सडक दुर्घटनामा ज्यान लिने चालकलाई ३० दिन थुनामा राख्ने स्थानीय अदालतले यसै बुधबार आदेश दिएको छ ।
सजाय पाउने चालकले हाँकेको सवारीले ठक्कर दिँदा तेस्रो मुलुक पुनर्वाश कार्यक्रमअन्तर्गत एटलान्टा पुगेको १२ दिनमै ६ वर्षीय सुकमाया मगरको गत अगस्तमा ज्यान गएको थियो । अदालतले चालक ग्रेगोरी आर्मडको चालक अनुमतिपत्र पनि एक वर्षका लागि खारेज गरेको बुझिएको छ ।
अमेरिकामा सडक दुर्घना गरेपछि नभागी नियमअनुसार सुरक्षा निकायमा जानेले कम सजाय पाउँने प्रवाधान रहेकाले र चालकले पीडित परिवारसंग माफी मागेकाले उनलाई अदालतले थोरै सजाय तोकेको थाहा भएको छ ।