Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशिविरबाट विद्युत लाइन हटाउन माग

शिविरबाट विद्युत लाइन हटाउन माग

भुटानी शरणार्थी शिविरभित्र वितरित विद्युतीय लाइन काट्न पीडितहरुले नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, दमकमा ज्ञापन पत्र बुझाएका छन् । विद्युत सेवाबाट बञ्चित दमक नगरपालिका वडा नं. ३ र ५ का पीडितहरुले ज्ञापन पत्र बुझाएका हुन ।
शरणार्थी शिविरका केही कार्यलयहरुमा विद्युतीय विस्तारपस्चात बेलडाँगी, भालुकुँडी, सूर्योदय टोल, पिपिरे टोल, बेलडाँगी २ बजार र बाघखोरका स्थानीयले प्राधिकरणसँग विद्युत लाइन हटाउन माग राखेको, झापाबाट संचालित तितोपीरोमिठो डटकमले उल्लेख गरेको छ ।
पीडितहरुले चाँडै शरणार्थी वस्तीमा वितरित विद्युत लाइन नकाटे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।