Homeनेपालीसमाचारईशाईहरूका निम्ति भूटान सकारात्मक

ईशाईहरूका निम्ति भूटान सकारात्मक

भूटानमा धार्मिक संगठनहरूको प्रशासनिक व्यवस्थापन गर्न तोकिएको निकाय छोडे लेन्छोगले अब ईशाई धर्मावलम्बी संगठनलाई पनि दर्ताको अनुमति दिने संकेत मिलेको छ। यसअघि बौद्ध र हिन्दूमा सीमित रहेको यो निकायले आगामी दिसम्बरपछि ईशाईलाई दर्ताको अनुमति दिने एउटा ईशाईधार्मिक पत्रिकाले गत सोमबार जनाएको हो । यसअघि लगभग अनौपचारिक रूपमा गैर-कानुनी वा अवैध मान्ने गरिएको ईशाई धर्मले भूटानमा मान्यता पाउनु महत्त्वपूर्ण परिवर्तनको नमूना भएको धेरै विश्लेषकहरूको भनाइ रहेको छ। भूटानको वर्तमान संविधानमा बौद्ध धर्मलाई राष्ट्रिय धर्म मानिएको भए पनि प्रजातन्त्रको मर्ममा असर पर्ने भएकोले अन्य धर्मलाई समेत संरक्षण गरिने र राजालाई धार्मिक संरक्षकका रूपमा लिने गरिएको समाचार स्रोतले जनाएको छ। सन् १९६९ र १९७९ मा भूटानको राष्ट्रिय सभाले नै प्रस्तावना पारित गरी बौद्ध र हिन्दूबाहेकका धर्मलाई भूटानमा खुल्लाअभ्यास वर्जित गरेको थियो।