भूटान र भारताका वनसंरक्षण अधिकृतहरूले आगामी २० नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने बाघहरूलाई क्यामेरा ट्य्रापमार्फत संयुक्त निरीक्षण गर्ने सहमति गरेका छन् । दुई देशबीच वन तथा वन्यजन्तु संरक्षणको अभियानअन्तर्गतको सहकार्यको नयाँ अध्यायस्वरूप यो सहमति भएको जनाइएको छ ।
भारतको मानस नेशनल पार्क र भूटानको रोयल मानस नेशनल पार्कका अधिकृतहरूको गत मंगलबार मानसको बाँसबारीमा आयोजित बैठकले सो निर्णय गरेको हो । विशेष गरी भारत र भूटानको सीमा वारपार गर्ने बाघहरूको निरीक्षण तथा गणनाका लागि यो साझा सहमति गरिएको जनाइएको छ ।
मानस अभयारण्यमा भूटानतर्फ एक हजार, ५७ वर्ग किलोमिटर भूभाग छ भने भारतर्फ पाँच सय वर्गमिलोमिटर भूभाग रहेको छ ।