रुखले थिचेर बालिकाको मृत्यु

26644
1285
File photo.
रुखले लागेर तिग्रस्त बनेको एक छाप्रो।
रुखले लागेर क्षतिग्रस्त बनेको एक छाप्रो।

पूर्वी नेपालको झापास्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा रूखले थिचेर एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छिन् ।

शनिवार बेलुकी ९ बजेतिर आएको हावाहुरीका कारण रूखले थिचेर बेलडाँगी–२ सेक्टर बी–वान छाप्रो नम्बर ९७ बस्दै आएकी चार वर्षीया एलिना राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घाइते ३५ वर्षीया मनमाया राईको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।