सम्मानित भए भूटानी स्रष्टाहरु

26644
494
नृत्य प्रस्तुत गर्दै कलाकारहरु | फोटो: अर्जुन प्रधान/ भूटान समाचार सेवा

अर्जुन प्रधान, मिनिसोटा

मिनिसोटाको भूटानी समाजको आयोजनामा असार २३,शनिबार मिनिसोटा राज्यमा अमेरिकाको विभिन्न राज्यमा पुनर्बास भएका भूटानी स्रष्टाहरुलाई सम्मान गरिएको छ | डा.छविलाल शर्माको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा ती स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

नृत्य प्रस्तुत गर्दै कलाकारहरु | फोटो: अर्जुन प्रधान/ भूटान समाचार सेवा

सम्मानित भूटानी कलाकारहरुको योगदानमाथि प्रकाश पार्दै कलाकार राम गुरुङले थपे, “अब हामी आफ्नो कला, साहित्य, सँस्कुतिलाई हरेक भूगोलमा प्रस्तुत गर्न सक्छौँ ।”

उनले मिनिसोटाले स्रष्टाहरुलाई सम्मान गरेर एउटा उदाहरण प्रस्तुत गरेकोमा हर्ष व्यक्त गरे |

कलाकारहरु राम गुरुङ, मनोज राइ, महेश थुलुङ, डम्बर खापुङ, कान्छीमाया सुब्बा, छवि न्यौपाने, बलराम गुरुङ, अशोक गुरुङ, अर्जुन रसाइली, नन्दीकिशोर शिवाकोटी, अम्बर सुब्बा, धन बराइली, हरि पौडेल, अडी गुरुङ, कवि तथा गीतकार सन्चमान राई लगायतका कलाकारहरुलाइ प्रमुख अतिथि डा.शर्मा, श्रीमती मगला शर्मा, नेपाली मूलका विद्वान डा.पदम रिजालका साथै संस्थाका पदधिकारीहरुद्वारा नेपाली टोपी, खादा र सम्मान पत्र प्रदान गरी सम्मान गरिएका थियो ।

सम्मानित कलाकारहरुको तर्फबाट मिनिसोटावासीलाइ धन्यवाद दिँदै गायक अशोक गुरुङले भने, “कला, साहित्य र संस्कृतिको संरक्षणमा एक जुट भई अघि बड्नु आजको आवश्यक्ता हो ।

कार्यक्रको विधिवत शुरुवात गायक डम्बर खापुङ र गायक प्रकाश घिमिरेको शब्द संगीतमा रहेको “अतिथि देवो भव” स्वागत गीत र “भूटानी कथा ब्यथा”का गायक मनोज राईद्वारा “भाषा हो सभ्याता हाम्रो” बोलको सामुहिक गीतबाट भएको थियो ।

सम्मानित कलाकारहरु | फोटो: अर्जुन प्रधान/ भूटान समाचार सेवा

कार्यक्रममा सम्मानित भूटानी कलाकारहरुले आ—आफ्ना एल्बमका गीतहरु प्रस्तुत गरी दर्शकहरुलाइ मनोरञ्जन दिलाए ।

स्थानीया कलाकारहरु मेनुका प्रधान, सुनिता राई, मुना बराकोटी लगायतका कलाकारहरु ले नृत्य प्रस्तुत गरे ।

दर्शकदीर्घामा उपस्थित एक जनाले भने, “तत्कालिन भूटानी परिवेशले आफ्नो कला, साहित्य र संस्कृतिको सम्मान गर्न नसके पनि आज विश्वका कुना कुनाबाट भूटान र भूटानीलाई चिनाउने काम कलाकारहरुले गरिरहेका छन् ।”

कार्यक्रम समापन गर्दै संस्थाका उपध्यक्ष तथा कार्यक्रका संयोजक तिलक पक्वालले भने, “आज यति धेरै स्रष्टाहरुलाई सम्मान गर्न पाउँदा मलगायत हामी मिनिसोटावासी भूटानी गौरवान्वित भएका छौं ।”


26644 COMMENTS

  1. सम्मानित सबै स्रष्टा हरुलाई,
    म टेक बिर छेत्रीबाट अभिवादन । समाजले यसरी कलाको कदर गर्नु भनेको समाज प्रगतितिर लम्कनु हो । भोलिको उज्यालोमा , अन्धारोमा कोरेका आकृतिहरुले बोल्न सकुन हाम्रो कथा र व्याथाहरु । जय होस ।

  2. सारै खुसी लाग्यो समाचार पढ्दा।मिनीसोटाले उदाहरणीय काम गरेको छ,अनुकरणीय काम गरेकोमा मिनीसोटाबासी भूटानी समाजलाई मेरो सहहृदयिय कृतज्ञताका साथै सम्मानित सबै सर्जक/स्रष्टाहरूमा मेरो पनि अभिवादन।
    धन्यवाद।

  3. भुटानी समाज मिनिसोटा ले कलाकार, सहित्यकार ,संगीतकार लाई सन्मान गरेर धेरै राम्रो उदहारण हामी सामु खडा गरिदिनु भाको छ | आइओजक मित्र हरू लाई धन्यवाद | साथै सन्मान हुने साथीहरू लाई बदाई दिन्छु|

  4. Hello News Publisher,
    You’ve news about national and international stuffs beside music. Are you in the planet of music or nobody gave you any report. There are hundreds of Bhutanese musical activities in this planet. I’m so sad to see that Bhutanese music has been lost in your BNS Publication.

    I’m not offending but reminding you if there is something you can cover in your news website honestly.

    Thanks.