Homeनेपालीसमाचारएडिलेडले हत्यायो अन्तरराज्य फुटबलमा जीत

एडिलेडले हत्यायो अन्तरराज्य फुटबलमा जीत

विजयी टोली एडिलेड ड्रागन रेड

मेलबोर्नको थन्डर ड्रागन क्लबलाई १-० ले पराजित गर्दै एडिलेड ड्रागन रेडले पहिलो अष्ट्रेलियन भूटानी अन्तरराज्य फुबल प्रतियोगिताको उपाधि जितेको छ |

प्रतियोगिताका संयोजक पुष्कर पौडेलका अनुसार क्वीन्सल्याण्डको भूटानी अष्ट्रेलियन संघले आयोजना गरेको उक्त तीन दिने प्रतिस्पर्धामा अष्ट्रेलिया भरिका आठवटा भूटानी टोलीहरुले भाग लिएका थिए |

आयोजकका अनुसार ती फुटबल टोलीहरुलाई आ-आफ्ना प्रान्तका स्थानीय फुटबल क्लब, परिषद र भूटानी समुदायले सहयोग गरेका थिए |

क्रायन्सलाई ४-३ ले पराजित गर्दै एडिलेड फाइनलमा प्रवेश गरेको थियो | एडिलेड ड्रागन रेडका सुरज राईले गरेको गोलले उक्त टोलीलाई विजय दिलाएको थियो |