चार भुटानी शरणार्थी संगठनले स्वदेश फिर्तीका लागि संयुक्तरुपमा गर्ने भनिएको आन्दोलन षड्यन्त्रको रुप भएको राहत बञ्चित पीडित भुटानी शरणार्थी समूहले आरोप लगाएको छ ।
समुहले बिज्ञप्ति मार्फत शरणार्थीहरुको मुद्धामा कहिल्यै पनि काम नगरेका नेताहरुले काठमाडौंमा कार्यालय खोलेर आन्दोलन गर्छौं भन्नु लाजमर्दो भएको जनाएको छ । शरणार्थी आन्दोलनमा वास्तबिक सहयोग पुर्याउने भए शिबिरमा आएर राजनीति गर्न चुनौती दिदै सस्तो प्रचारबाजीमा नलाग्न नेताहरुलाई बिज्ञप्तिमार्फत समूहका संयोजक पौडेलले चेतावनी दिएका छन् ।
हाल बिभिन्न शरणार्थी शिबिरहरुमा ३ हजार १ सय ९० जना राहत बञ्चित शरणार्थी भोकभोकै बस्नु परेको उल्लेख गर्दै तिनीहरुको पक्षमा केहि नवोल्ने नेताहरु शरणार्थी हितको कुरा गर्लान भनेर अपेक्षा गर्नु ब्यर्थ हुने बिज्ञप्तीमा उल्लेख छ ।
डुक नेशनल कंग्रेश, भुटान पिपुल्स पार्टी, भुटान नेशनल डेमोक्रेटिक पार्टी तथा भुटानीज मुभमेण्ट स्टेरिङ कमिटीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वदेश फिर्तीका लागि कार्यगत एकताको घोषणा गरेका थिए ।