शरणार्थी महिला कार्यकर्ता तथा विकल्पले नेतृत्व गरेको भुटान कम्युनिष्ट पार्टी (मालेमा) की सकृय कार्यकर्ता रुपा सुव्वाको निधन भएको छ । २८ वर्षीय सुव्वा क्षयरोग र कमलपित्तबाट ग्रसित थिन।
क्षय रोग र कमलपित्त जस्ता सामान्य मानिएका रोगबाट मृत्यु हुनुमा आम्दा अस्पतालको लापरवाही रहेको मृतकका परिवारजले आरोप लगाएका छन् । मृतककी बहिनी रिता सुव्वाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डक्टरको भनाई उदृत गर्दै भनिन् – आवश्यकता भन्दा बढिमात्रामा सुइ लगाइएकोले मेरी दिदीलाई असमयमै गुमाउनु परयो ।
बिगत लामो समयदेखी सुब्बा राजनीति र समाज सेवामा सकृय थिन।
भुटान समाचार सेवा