Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबेलायतमा पुनस्थापना गराउने क्रम सुरु

बेलायतमा पुनस्थापना गराउने क्रम सुरु

भुटानी शरणार्थीहरुको तेश्रो देश पुनस्थापना कार्यक्रम अन्तरगत पहिलो पटक केही शरणार्थीलाई बेलायत पुनस्थापनका लागि लगिएको छ ।

कम्तिमा ३७ जना शरणार्थीहरु पुनस्थापन अन्तर्गत बेलायत तर्फ लगिएको यूएनएचसिआरले जनाएको छ ।

नेपालका पूर्वी जिल्लाहरु झापा र मोरङका विभिन्न शिविरहरुमा रहेका भुटानी शरणार्थीहरुलाई तेश्रो देश पुनर्वास गराइरहेका सात वटा देशहरुवाहेक वेलायतले पनि भुटानी शरणार्थीहरुलाई आफ्नो देशमा पुनर्वास गराउने इच्छा देखाएको ६ महिना पनि नवित्दै पहिलो पटक पुनर्स्थापनाका लागि लगिएको हो ।

यूएनएचसिआरले जानकारी दिएको छ । शरणार्थीको तेस्रो देश पुनस्थापना कार्यक्रम अन्तरगत २००८ को मार्च ४ तारिकमा पहिलोपटक अमेरिकामा शरणार्थीहरु पुनस्थापनाका लागि शिबिरबाट लगिएको थियो । यूएनएचसिआरले दिएको जानकारी अनुसार केही दिन अघिसम्म ३३ हजार ८ सय जना शरणार्थीहरु पुनर्बासमा गइसकेको छन् ।

बेलायतले शुरुमा जम्मा एक सय पचास जना शरणार्थी पुनर्बासमा लैजाने इच्छा गरेको भए पनि हाल ९०० जना शरणार्थी लैजाने बताइएको छ ।

भुटान समाचार सेवा