भूटानी शरणार्थी शिबिर-बेलडाँगी १ -का पूर्बसचिब रमेश सुब्बाको हत्यासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले बेलडाँगी १- शरणार्थी शिबिर, सेक्टर जी की लालमाया राईलाई नियन्त्रणमा लिएको छ । २४ बर्षीया ती शरणार्थी महिलालाई हिजो नियन्त्रणमा लिइएको दमक प्रहरीले पुष्टि गरेको छ ।
गएको ७ फागुनको राति ८ बजेतिर नेपालको सीमा शहर काकरभिट्टामा गोली हानी भुमिगत आन्दोलनमा संलग्न सुब्बाको हत्या गरिएको थियो ।