Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारनेपाली नव वर्षलाई स्वागत, समाजसेवीहरु सम्मानित

नेपाली नव वर्षलाई स्वागत, समाजसेवीहरु सम्मानित

त्रिविक्रम अधिकारी

लेक्जिंगटन , केन्टकी

नेपाली नव वर्ष बिक्रम सम्बत् २०७४ साललाई लेक्सिङ्ग्टन, केन्टकीबासी नेपाली भाषी भूटानीहरुले गतआइतबार अप्रिल २३ २०१७ (बैसाख १०) का दिन एक भब्य सांस्कृतिक कार्यक्रमविच स्वागत गरेका छन् | लेक्सिङ्ग्टन भूटानी समाजको योजनामा सम्पन्न भएको  उक्त कार्यक्रममा बिभिध सांस्कृतिक नृत्य, गायन, मुक्तक, कविता साथै अन्य मनोरन्जनात्मक प्रस्तुतिहरु रहेको थियो| 

समाजका अध्यक्ष बुद्ध अधिकारीको सभापतित्व अनि ग्लोबल लेक्सबाट पाल्नुभएकि बहुसांस्कृतिकसंयोजिका इसाबेल टेलरको प्रमुख आतिथ्य रहेको कार्यक्रम दिप प्रज्ज्वलन साथै समाजको ब्यानर प्रदर्सनगरि सुरु भएको थियो |

केन्टकी रेफुजी मिनिस्ट्रिस – लेक्सिङ्ग्टनकी संयोजिका मेरी कब् को बिषिस्ट आतिथ्य रहेको  कार्यक्रममा मिनिस्ट्रिसमै रहेर धेरै वर्ष सम्म पुनर्बासित शरणार्थीहरु अनि हाम्रो समाजलाई सहयोग गर्ने दुई स्वयम्सेविकालाई कदर पत्र सहित् दोसल्ला ओडाई सम्मान गरिएको थियो| सम्मान हुनेहरुमा मिनिस्ट्रिस कैभुतपूर्व संयोजिका बार्बरा क्लेंन र समाजसेवी करिस्सा पोर्टर हुनु हुन्थ्यो |

त्यसैगरि, लेक्सिङ्ग्टनमा रहेर नेपाली कला, संगीत अनि नृत्य क्षेत्रमा योगदान पुर्याउने दुई जनाकलाकारहरु (प्रनिम राई र झरना कटवाल) लाई पनि कदर पत्र र खादा सहित सम्मान गरिएको थियो|

लुइभिलवासी गायक गोविन्द फुयेल अनि नेपाली लोक गित गायक बिष्णु डुम्रेको दमदार प्रस्तुतिले कार्यक्रमधेरै मनोरंजन्मत्क भएको थियो | त्यसको साथमा आमा समूह को संगिनी नृत्य र बाल तथा युवा कलाकारहरुको गित, कविता अनि नृत्यहरुले कार्यक्रममा रौनकता छाएको धियो| कार्यक्रमको अन्तमा सम्पूर्णसहभागीहरुलाई अतिथिहरुको हातबाट प्रमाण पत्र पनि प्रदान गरिएको थियो |

कार्यक्रममा आफ्नो दुई मन्तब्य राख्दै प्रमुख आतिथि टेलरले कार्यक्रम रोचक रहेको अनि पछिल्लो समयमाआएर लेक्सिङ्ग्टनलाई सांस्कृतिक अनि अन्य क्षेत्र मा धनि बनाउन भूटानी समाजले गरेको योगदानकोपनि प्रशंसा गर्नुभयो |

समाजका अध्यक्ष बुद्ध अधिकारीले केन्टकी राज्यमा समाज दर्ता भएकोमा खुसि प्रकट गर्दै आफ्ना भाबीयोजनाबारे प्रस्ट्याउनु भएको थियो | साथै, “हाम्रो समाज, हाम्रो गौरब” भन्ने मुल नारालाई सबैले आत्मसाथगरि समाज उन्नतिको लागि हातेमालो गर्दै अघाडि बड्नु पर्ने बताउनु भयो|

चन्द्र बास्तोलाले स्वागत मन्तब्य दिनु भएको कार्यक्रमको संचालन त्रिबिक्रम अधिकारी र मेग मिश्रलेसंयुक्त रुपमा गरेका थिए | समाजको उपाध्यक्ष रेनुका छेत्रीले कार्यक्रममा पाल्नुहुने सम्पूर्ण अतिथिहरु, सहभागीहरु, दर्सकहरु र आयोजक समितिलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो |

त्यस्तै, लुइभिलमा गत अप्रिल १६ तारिक भुटानी अमेरिकी हिन्दु समाजले सांस्कृतिक कार्यक्रम गरेर नव वर्ष मनाएको थियो |