भूटनिस कम्युनिटी इन् नेदरल्याण्डस ((बीसीएन) ले पुनस्थापना अन्तर्गत यहाँ आइपुगेका भूटानीहरुलाई एउटा सांस्कृतिक कार्यक्रम मार्फत स्वागत गरेको छ ।

कार्यक्रम आयोजकले दिएको जानकारी अनुसार समारोहमा आफ्नो मौलिकता झल्कने विभिन्न गीत र नृत्यहरु प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रममा नेदरल्यान्ड्समा बसोबास गर्ने भूटानी समुदायका करिब ३० जना कलाकर्मीले आफ्नो प्रस्तुति देखाएका थिए ।
बीसीएनले कलाकर्मीहरुलाई उपहार स्वरूप मायाको चिनो समेत वितरण गरेको आयोजक पक्षले जनाएको छ ।