Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपास्टरलाई तीन वर्षको जेल सजाय

पास्टरलाई तीन वर्षको जेल सजाय

ईशाई धर्मसम्बन्धी एउटा फ्लिम गाउँमा लगेर देखाएकोमा नागरिक अमन-चैनलाई बाधा पुर्याएको अभियोग लगाउँदै भूटानको सर्वोच्च अदालतले एउटा ईशाई संस्थानका सदस्य उगेन टासीलाई तीन वर्षको कैद सजाय सुनाएको छ ।  

गत मई महिनाको २१ तारिखका दिन हातमा जेनरेटर र प्रोजेक्टर बोकेर टासी दुईदिनको बाटो पैदल भूटानभित्रको एउटा गाउँमा ईशुको कथा सुनाउन पुगेका थिए । समाचार स्रोतका अनुसार जब फ्लिमको सामग्रीबारे गाउँलेहरूलाई थाहा भयो, तिनैमध्ये कसैले जिल्ला प्रशासनलाई खबर गरे र प्रहरी आई टासीलाई गिरफ्तार गरी लगेको थियो ।