Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारहिउँको रमाइलोले पिरलो नहोस्

हिउँको रमाइलोले पिरलो नहोस्

नेपालको गर्मी भूभाग, त्यसमाथि शिविरको बाक्लो बसाइमा कष्टकर जीवन भोग्दै आएका भूटानीहरु पुनर्वाशपछि आजभोलि बिभिन्न देशका शाहरहरुमा निक्कै फराकिलो ढंगले हिँड्डुल गरेका पाइन्छन् । हिजो-आज यूएसए, क्यानाडातिर जताततै हिउँ खसिरहेको छ । प्रत्यक्ष रूपमा हिउँ नै नदेखेका मानिसहरुका लागि  त अनौठो साथै रमाइलो पनि भइरहेको छ । विशेष गरी यसैवर्ष पुनर्वाशमा  आउनेहरु  त अझै चकित परेका देखिन्छन् । विभिन्न स्कुल, क्लब आदिले हिउँमा चिप्लिने खेल खेल्न ( ice skating ) सिकाउँदा रहेछन् ! शिविरमै जन्मिएक अर्थात हिउँ नै नदेखेका भूटानी युवा-युवतीहरु पनि चिसोको पर्वाह नगरी विभिन्न स्थानहरुमा हिउँ खेलिरहेका पाइन्छन् ।

पूर्वी क्यानाडा जस्तै-न्यू फाउन्ड ल्यान्ड, हेलिफेक्स,, पिइआइ, फेडिक्ट्रन्, सैन्ट्जोह्न् र उता क्युबेकका विभिन्न शाहरहरुमा बसेका भूटानी युवा-युवतीहरु हिउँ खेलबाट प्रवावित भएको कुरा ती शाहरहरुमा बस्ने अन्य भूटानीहरुले बताएका छन् । तर अर्कातिर उमेर ढल्केका वृद्ध-वृद्धाहरुका लागि भने त्यही हिउँ अभिशाप पनि बनेको छ । ढेडवर्षअघि आइसैन्ट जोह्न (एनबी) मा बस्ने कमल सुब्बा पोहोर साल आफ्नो हात भाँचिएको स्मरण गर्दै युवा-युवतीहरूलाई सम्झाउनु हुन्छ, ‘‘रमाइलो गर्नु त राम्रो कुरा हो, तर होस नपुर्याए मूल्यवान् जीवन नै बर्बाद हुने डर पनि हुन्छ । हिउँको रमाइलोमा कसैलाई पिरलो नहोस् ।’’

(क्यानाडाबाट डम्बर ओस्ती)