Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारएरिजोना, एक्रोनमा सामाजिक दशैं मनाइयो

एरिजोना, एक्रोनमा सामाजिक दशैं मनाइयो

“भुट्नीज कम्मुनिटी एरिजोना (बीसिए)-ले दुर्गा पूजा कमिटी एवं धर्म तथा सांस्कृतिक संयोजक केबी चौहानको अगुवाइमा सामाजिक तहमा दशैंपर्व मनायो । सो पर्व मनाउने सिलसिलामा अक्टोबर १० मा घटस्थापना गरी अक्टोबर २१, सप्तमीको दिनदेखि लगातार पठनपाठन शुरु भएको थियो भने अक्टोबर २३, अर्थात नवमीका दिन पठनपाठन, यज्ञ, हवन गरी दुर्गा पूजा समापन गरियो ।

दुर्गा रुप नौ कन्या केटीहरुलाई कपडा,दक्षिणा दीईयो । गुरु पुरोहितलाई दानदक्षिणा साथै स्वयंसेवकहलाई प्रमाणपत्र दिइयो । दुर्गा पूजाको महत्वबारे अध्यक्ष श्री टेकवीर क्षेत्रीले  संक्षेप विचार व्यक्त गर्नुभयो डा: पूर्ण क्षेत्रीका हातबाट प्रमाणपत्र वितरण भयो। भूटानी समाजकै सबै मित्रहरूको तत्परतामा कार्यक्रम सफल भएको केबी चौहानजी बताउनु भयो । चौहानले सबैलाई धन्यवाद दिँदै आभार पनि प्रकट गर्नुभयो । सो अवसरमा उपाध्यक्षत्रय  दिलिप मिश्र, श्री टिकासापकोटा , तारा नेपाललगायत अरु धेरै व्यक्तिहरूको उपस्थिति थियो  । दशमीको दिन बिहान सात बजेदेखि नौ  बजेसम्म प्रसाद स्वरुप जमरा-टीका विरण गरियो भने पुर्णिमाको दिन लिंगा सेलाउने काम पनि विधिपूर्वक समापन गरियो ।

यसरी नै ओहायो राज्यको एक्रोन महानगरमा पनि सामाजिक तहमा दशैंपर्व मनाइएको समाचार प्राप्त भएको छ । अक्टोबर २० तारिखको दिन स्वतः स्फूर्त रूपमा भेला भएको केही भूटानीहरूको टोलीले एकदिने सामाजिक दशैंपर्व मनाउने सहमति गरी सो आयोजना गरिएको थाहा भएको छ ।  एक्रोनका भीम ढुंगाना, दिल रिमाल, हरि अधिकारी, घनश्याम अधिकारी, विष्णु धिमाल, लक्ष्मी मिश्र, ईश्वरी मिश्रलगायत धेरै भूटानीहरूको सक्रियतामा सो कार्यक्रम सम्पन्न भएको बताइएको छ । भक्त घिमिरेको अध्यक्षतामा सम्पन्न सो सामाजिक कार्यक्रममा भूटानीज कम्यूनिटी एसोसिएशन-

एक्रोनमा भूटानीहरूको विधिपूर्वक दशै पूजा

एक्रोन (बीसीएए)-का सदस्यलगायत अन्य अतिथिहरूको पनि उपस्थिति थियो ।