सेप्टेम्बरको अन्त्यसम्ममा तेस्रो मुलुक पुनर्वाश कार्यक्रमअन्तर्गत नेपाल छोड्ने भूटानी शरणार्थीको संख्या ३६ हजार ६१८ पुगेको छ । नेपालको गृहमन्त्रालयले जनाए अनुसार भरखरै पनि ८२ जना भूटानी शरणार्थीले नेपाल छोडेका छन् जसलाई बेलायतले पुनर्वाश योजनाअन्तर्गत लैजाने भएको छ । सन् २००८ देखि शुरु भएको शरणार्थी पुनर्वाश कार्यक्रममा संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग ( यूएनएचसीआर), अन्तर्राष्ट्रिय बसाईं सराइ संगठन, (अइओएम) र पश्चिमा मुलुकहरूको एउटा समूहले सञ्चालन गरिरहेका छन् । पुनर्वाश योजनाअन्तर्गत भूटानीहरूलाई आ-आफ्नो देशमा लैजान गराउन स्वीकृति दिने पश्चिमा देशहरूमध्ये अष्ट्रेलिया, क्यानाडा, द नेदरल्याण्ड, डेनमार्क, नोरवे, न्यूजिल्याण्ड, बेलायत र मूलरूपमा अमेरिका रहेका छन्। अझै पनि नेपालका शिविरहरूमा ७५ हजारको हाराहारीमा भूटानीहरू शरणार्थी जीवन बिताइरहेका छन्।