Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपुनर्वासमा हिँडेकालाई शिविर फर्काइयो

पुनर्वासमा हिँडेकालाई शिविर फर्काइयो

अन्तराष्ट्रिय आप्रबास संस्था  (आइओएम)-मार्फत तेस्रो मुलुक पुनर्बासमा लान काठमाडौं पुर्याइएका दुई परिवार भूटानी शरणार्थीलाइ शिविर फर्काइएको छ ।

मोरङ-शनिश्चरे शिविरका दुई परिवारका १२ जना सदस्यलाई अमेरिका पुनर्वासका लागि शिविरबाट काठमाडौं पुर्याई त्यहाँबाट फर्काइँदा उनीहरु समस्यामा परेका छन् ।
भीमबहादुर खँड्कासहित १० र बलबहादुर थापासहित दुईजनाको परिवार यस्तो समस्यामा परेको उल्लेख छ ।

खँड्काका छोरा बिरामी परेको र थापा परिवारको ट्राभल डकुमेन्टको म्याद सकिएको बताउँदै अन्तराष्ट्रिय बिमानस्थलको इमिग्रेशनबाट फर्काइएको ती परिवारले बताएका छन् ।

शिविर फर्कनुपरेपछि उनीहरु पहिले बसेको आफ्नो छाप्रो मर्मत गरी जेनतेन बसेका छन् भने खाद्यान्न लगायतका सरसामाग्रीको समस्या भइरहेको छ ।

यसअघि पनि झापाको दमकस्थित बेलडाँगी शिविरका केही परिवारलाई उसैगरी काठमाडौंबाट फर्काइँदा समस्यामा परेको राहत बञ्चित शरणार्थी समूहका संयोजक नन्दु पौडेलले बताएका छन्।