२४ औं विश्व एड्स दिवशको अवसरमा आज भूटानी शरणार्थी शिविरहरुमा विविध सचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
एड्स रोग संक्रमणलाई शून्यमा झारौं, दुव्यवहार, भेदभाव, लान्छनालाई निर्मुल पारौं र एड्सका कारण मृत्यु हुने संख्या शून्य पारौं जस्ता नाराहरु सहित भूटानी शरणार्थी शिविरमा विभिन्न कार्याक्रमहरु भएका छन् ।
यसैबीच भूटानी शरणार्थी शिविर बेलडाँगी २ र ३ को सँयूक्त कार्याक्रममा ६ हजार कण्डम र सचेतना पुस्तिका वितरण गरिएको आम्दा नेपालका एड्स रोग सम्बन्धी परापर्शदाता शितल वि.क.ले जानकारी दिनु भएको छ ।
आम्दा नेपालकी योजना निर्देशक डा. मधुरिमा भद्राको प्रमुख आथित्यमा भएको कार्याक्रममा एड्स सम्बन्धी नाटक, गीत तथा नृत्यहरु प्रर्दशन गरिएको छ । कार्यक्रममा म्यूजिकल चेयर, लठ्ठा तानी लगायतका खेलहरु समेत प्रस्तुत गरिएको छ ।
क्याम्प मेडिकल अफिसर मल्लिका शाक्यको सभापतित्वमा भएको कार्याक्रममा क्यारिटस नेपाल, विश्व खाद्य कार्यक्रम, भूटानी शरणार्थी महिला मञ्च, टिपीओ नेपाल, ह्याप्पी नेपाल, लगायतका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा एड्स सम्बन्धी मन्तव्य रहेको थियो ।
यता झापामा पछिल्लो समयको तथ्याङ्क अनुसार १ देखि २ हजारसम्म सड्स रोग संक्रमित पाईएको छ भने विश्वमा ७२ हजार एड्का कारण मृत्यु भईसकेको र १ करोड जति संक्रमित भएको एचआईभी एड्स सम्बन्धी अध्ययन गर्दै आएका संस्थाहरुले जानकारी दिएका छन् ।