Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारहात्तीको आक्रमणमा परी थप एक भूटानीको मृत्यु

हात्तीको आक्रमणमा परी थप एक भूटानीको मृत्यु

आज बिहानै हात्तीको आक्रमणमा परी एक जना भूटानीको मृत्यु भएको छ |

मृतक भूटानी शरणार्थी शिविर, बेलडाँगी-२ का चन्द्रबहादुर दर्जी रहेको थाहा भएको छ | ३२ वर्षीय दर्जी काम गर्न जाने क्रममा हंसेदुम्से बनमा जंगली हात्तीको आक्रमणमा परेका हुन् | दर्जी सेक्टर E/2 छाप्र नं. १८ मा दर्ता भएका शरणार्थी हुन् |

हात्तीको आक्रमणमा परी शख्त घाइते भएका दर्जीलाई दमकस्थित आम्दा अस्पताल लागिएको थियो | “दर्जीको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो,” बेलडाँगीस्थित सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक बाबुराम पौडेलले जानकारी दिए |

एक वर्षभित्र हात्तीको आक्रमणमा परी ४ जना भूटानीले ज्यान गुमाइसकेका छन् | दुई साता अघि मात्र दुई जना भूटानीको हात्तीकै आक्रमणमा परी ज्यान गएको थियो |

भूटान समाचार सेवाकालागि बेलडाँगीबाट तिलक निरौला