Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारस्व. दोर्जीद्वारा रचित कविता संग्रह प्रकाशित

स्व. दोर्जीद्वारा रचित कविता संग्रह प्रकाशित

ड्रुक नेसनल कांग्रेस (डी.एन.सी) ले भनेको छ कि उसले आफ्ना संस्थापक अध्यक्ष आर.के. दोर्जीले रचना गरेका कविताहरुको संग्रह प्रकाशित गरेकोछ |

“यस संग्रहले भूटानी प्रजातान्त्रिक संघर्षका आशा, निराशा अनि संकल्पलाई प्रतिबिम्बित गर्दछ”, शनिबार प्रकाशित प्रेस वक्तव्यमा उक्त पार्टीका महासचिव कर्मा डुपथोबले भनेका छन् |

पार्टीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाडौँमा आयोजित एउटा विशेष कार्यक्रममा मानवअधिकारवादी नेता टेकनाथ रिजालले  उक्त पुस्तकको लोकार्पण  गरेका थिए | स्वर्गीय दोर्जीले जुन १६, १९९४ मा डी.एन.सीको स्थापना गरेका थिए |

“टेकनाथ रिजालले डी.एन.सीले भूटानमा प्राप्तिको लागि गरेको संघर्षको सफलताको कामना गर्नु भयो”, वक्तव्यमा भनिएको छ |

पार्टीका अध्यक्ष केसाङ लेन्डुपले कार्यकर्ताहरुलाई उनीहरुले भूटानमा प्रजातन्त्र प्राप्त गर्नको लागि कठोर संघर्ष गर्नुपर्ने बारेमा स्मरण गराएका थिए |

“उहाँले भूटानभित्र रहेका प्रजातन्त्रवादीहरुले प्रजातान्त्रिक परिपाटीलाई मज्भुत बनाउन कडा परिश्रम गर्न आग्रह  गर्नुभयो”, लेन्डुपलाई उद्धृत गर्दै वक्तव्यमा भनिएको छ |