समाजसेवाको लक्ष्यमा स्थापित ‘तिम्सिना प्रतिष्ठान’

26644
519
स्व. देवीचरण तिम्सिना । तस्विर साभार: देवी तिम्सिना प्रतिष्ठानको फेसबुक समुह

गतवर्ष अमेरिकाको न्यू-ह्याम्पशायरस्थित कन्कर्ड शहरमा असामयिक निधन भएका देवीचरण तिम्सिनाको स्मृतिमा नेपालीभाषी भूटानी समुदायमा  शिक्षा र समाजसेवाको लक्ष्य लिएर  सेप्टेम्बर २२ का दिन “देवी तिम्सिना प्रतिष्ठान”- स्थापनाको घोषणा भएको छ ।

स्व. देवीचरण तिम्सिना । तस्विर साभार: देवी तिम्सिना प्रतिष्ठानको फेसबुक समुह

स्व. देवीचरण तिम्सिनाको २९ औं जन्मतिथि पारेर उनको स्मृतिमा गठित यस प्रतिष्ठानले विभिन्न सामाजिक कार्यक्रम र प्रतिभावान् भूटानी विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने मूल लक्ष्य लिएको भूटान समाचार सेवालाई प्राप्त प्रतिष्ठानका अध्यक्ष रुपनारायण तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

तिम्सिना परिवार सन् १९९० मा भूटान सरकारद्वारा चालिएको “जातिसफाय अभियान”-मा शिकार बनेर भूटानको चिराङबाट विस्थापित भई नेपालमा करिब दुई दशक शरणार्थी जीवन बिताई सन् २००८ मा अमेरिका पुनर्वाश भएको थियो ।

“सन् २०११ को जुलाई १८  का दिन असामयिक रूपमा निधन भएका देवीचरण तिम्सिनाले आफ्नो जीवनमा सामाजिक उत्थान र विकासको आशा राखेकाले उनका लक्ष्यहरू पूरा गरिदिनलाई यो प्रतिष्ठान स्थापना गरिएको हो”, अध्यक्ष तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । नेपालमै वाणिज्य शंकायमा स्नातकसम्मको शिक्षा लिएका २८ वर्षीय तिम्सिनाको क्यान्सरका कारण मृत्यु भएको जनाइएको छ ।

स्मृतिमा रहेका स्व. देवी तिम्सिनाका पिता रुपनारायण तिम्सिनाको अध्यक्षतामा स्थापित सो प्रतिष्ठानमा मञ्जु खँड़का, भगिरथ खतिवड़ा, भोला शिवाकोटी, साजन नेपाल, टीकाराम चिमरिया, माधव साप्कोटा, कुविर आचार्य, देउकुमार दाहाललगायतका मित्रमण्डली संस्थापक सदस्य रहेका छन् ।

“वार्षिकरूपमा कक्षा १० अर्थात प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्ने एक भूटानी नेपाली छात्र र एक छात्रालाई उच्च शिक्षा आर्जन गर्न सहायता स्वरूप वार्षिक छात्रवृत्ति सञ्चालन गर्ने,  विभिन्न क्षेत्रबाट अनवरत रूपमा भूटानी समाजलाई सेवा पुर्याउने समाजसेवीहरूलाई कद्दर तथा प्रोत्साहन गर्ने, भूटानी विद्यार्थी र युवा पुस्तालाई हौसला तथा मार्गदर्शन प्रदान गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने”-लगायतका कार्यक्रमहरू प्रतिष्ठानको योजना रहेको विज्ञप्तिमा बताइएको छ ।

26644 COMMENTS

  1. Pariwaar ma bhayeko chheyti ka lagi dheraai sambedana.

    Pariwaar ko sog, surta ani ghatana sikshya ko sakti ma paribartaan khojney prayash prati subakamna ani samlagnata ko jaheri.

    Lakshmi Prasad Dhakal
    Amsterdam