Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsसट-डाउनका कारण अमेरिकामा पुनर्स्थापनामा कमि

सट-डाउनका कारण अमेरिकामा पुनर्स्थापनामा कमि

गत महिना अमेरिकी सरकार सट-डाउनका कारण भूटानी शरणार्थी पुनर्स्थापना सन् २००८ पछिको तेस्रो कम भएको छ । सन् २०१३ अक्टोबरमा २ सय ६९ मात्र अमेरिकामा पुनर्स्थापित भएका छन् । पुनर्स्थापना सुरु भएको महिना सन् २००८ मार्चमा १ सय ७ र अप्रिलमा १ सय २३ पुनर्स्थापित भएयताको यो कम हो ।

यी तीन महिनाबाहेक सन् २०११ अप्रिलमा ४ सय १५, सन् २००८ मे महिनामा ४ सय ४१ र सन् २०१३ जनवरीमा ४ सय ५२ अमेरिकामा पुनर्स्थापित भएको तथ्याङ्क स्टेट डिपार्टमेन्टसँग छ ।

सन् २०१३ अक्टोबर अन्तिमसम्म अमेरिकामा ७० हजार ६ सय ७ पुनर्स्थापित भएका छन् । सन् २०१२ अक्टोबरमा सुरु भएर सन् २०१३ सेप्टेम्बर अन्तिममा सकिएको आर्थिक वर्षमा विभिन्न मुलुकबाट अमेरिकाले कुल ६९ हजार ९ सय ३० शरणार्थी पुनर्स्थापित गराएको थियो । त्यो करिब ७० हजारमा सबभन्दा बढी इराकी १९ हजार ४ सय ९१, दोस्रो स्थानमा बर्मेली १६ हजार २ सय ९९ र तेस्रो स्थानमा नेपाली-भाषी भूटानी ९ हजार १ सय ३४ अमेरिकामा पुनर्स्थापित भएका हुन् ।

अमेरिकामा वर्षेनी विभिन्न मुलुकका ७० देखि ८० हजारसम्म शरणार्थी पुनर्स्थापित हुने गर्छन् । सन् १९७५ यता सन् २०१३ सेप्टेम्बर अन्तिमसम्म अमेरिकाले ३१ लाख १२ हजार ६ सय २ शरणार्थीलाई पुनर्स्थापित गराएको छ ।

सौजन्यः राजेश कोइराला