Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsशिविरमा सुरक्षा गस्ती

शिविरमा सुरक्षा गस्ती

झापाको भूटानी शरणार्थी क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न शिविरमा रातको समय अत्यावाश्यक परिस्थिति बाहेक हिड्डुल्मा रोक लगाइएको छ ।

ससस्त्र प्रहरी बल बेलडागी–२
ससस्त्र प्रहरी बल बेलडागी–२

विगतका बर्षहरुमा भएका घटनाहरुलाई मध्यनजर गर्दै आपराधिक गतिविधि न्यूनिकरण गर्न विशेष पहल गरिएको शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताए ।

सुव्बाका अनुसार शसस्त्र प्रहरी सुरक्षा बेश, यूएनएचसीआर, शिविर रेखदेख समिति, स्थानीय संघ संस्थाबीच छलफल गरी सुरक्षाका लागि अत्यावाश्यक परिस्थिति बाहेक रातको समय शिविर भित्र हिडडुलमा रोक लगाइएको बताइएको छ ।

नजिकिदै गरेका चाडपर्व दशै–तिहारलाई मर्यादित बनाउन शिविर व्यवस्थापन समितिलेसमेत गस्ती परिचालन गर्ने तयारी गरेको सचिब सुब्बाले जनाएका छन् ।
“हरेक नागरिकले आफू जिम्मेवारी भई शान्ति कायममा सहयोग पु-याउँन आवश्यक छ,” सुब्बाले भने ।

यता शसस्त्र प्रहरी सुरक्षा बेश वेलडाँगीले पनि गस्ती तीव्र बनाएको शसस्त्र प्रहरी निरिक्षक तथा बेलडाँगी २ र ३ का वेश प्रमुख दिलबहादुर बडुवालले बताए ।

दिनमा भन्दा पनि रातमा आपराधिक गतिविधि बढि हुने भएकोले रात्रीमा शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रमा गस्ती सुचारु गरिएको बेशले जानकारी दिएको छ ।

यसै गरी स्थानीय व्यवसायी, संघ संस्था र राजनैतिक दलसँग सम्झौता गरी शरणार्थी क्षेत्र सुरक्षित बनाउँन तत्कालै एउटा अन्तक्रिया गरिने जानकारी निरिक्षक बडुवालले दिएका छन् ।

सौजन्यः डिकेश लामा