Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsशिविरमा विश्व शरणार्थी दिवस मनाइयो

शिविरमा विश्व शरणार्थी दिवस मनाइयो

विश्वमा कोही पनि शरणार्थी बन्नु नपरोस, हरेक व्यक्ति स्वतन्त्र भई जिउने अधिकार सुनिश्चित होस् भन्ने नारा तथा र्यालीका साथ शुक्रबार झापाको दमक स्थित भूटानी शरणार्थी शिविरमा विविधि कार्यक्रम सम्पन्न भएको छ ।

९० प्रतिशत भूटानी शरणार्थीलाई तेस्रो मुलुक स्थान्तरण गर्नु उल्लेखनीय उपलव्धी भएको कार्यक्रममा बताइएको छ । विश्वमा ४ करोडको हाराहारीमा रहेका शरणार्थीहरु मध्ये १ प्रतिशत शरणार्थीलाई मात्र स्थान्तरण गरिएको अवस्था भूटानी शरणार्थीका हकमा यो उपलव्धी धेरै उल्लेखनीय भएको शरणार्थी सम्बन्धी उच्च निकायका दिगो समाधान विभागका प्रमुख सान्या आलिकाल्फिकले बताईन् ।

विश्व शरणार्थी दिवसको अवसरमा बेलडागीमा आयोजित एक –यालीमा सहभागी शरणार्थीहरू तश्विरः डिकेश लामा÷भूटान समाचार सेवा
विश्व शरणार्थी दिवसको अवसरमा बेलडागीमा आयोजित एक –यालीमा सहभागी शरणार्थीहरू
तश्विरः डिकेश लामा÷भूटान समाचार सेवा

पूर्वी नेपालमा रहेका मोरङ्गको शनिश्चरे पथरी र झापाको बेलडाँगी शिविरमा १४ औं विश्व शरणार्थी दिवश मनाउनेक्रममा छुटाछुटै स्थानमा विविध कार्याक्रम गरी शरणार्थी दिवश मनाइएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा सहायक सचीव सुकबहादुर राईको अगुवाईमा स्थानीय दमक वडा नं. ३ को बेलडाँगी टोल विकास संस्था, विभिन्न शरणार्थी निकायका प्रतिनिधि, विधार्थी, शिक्षक लगायतका  उपस्थितिमा नारा जुलुसका साथ औपचारिक कार्याक्रम गरी दिवश मनाइएको छ । वेलडाँगी २ र ३ मा शिविर भित्र रहेका विभिन्न धार्मिक समूहका छुटाछुटै प्रवचन तथा भजन किर्तन गरी दिवश मनाइएको कार्यक्रम संचालक के.वी गुरुङ्गले जानकारी दिए ।

शिविर सचीव सन्चहाङ्ग सुब्बाको सभापतित्वमा भएको कार्याक्रममा आफ्नो देश भूटानलाई सम्झन भूटानको ठूलाठूला फोटो फलास् व्यानर टाँगी आकार्षक सिंगार सहित बौद्ध गुम्बामा कार्याक्रम गरिएको छ । कार्याक्रममा जोङ्खा नृत्य, गीत, कविता वाचन लगायतका कार्याक्रम भएको छ । कार्याक्रममा शरणार्थी बन्नुको पीडा र यसको अन्त्य गर्न सवैले सोच्नु पर्ने कार्याक्रमका बक्ताहरुले जोड दिएका छन् । सयौंको संख्यामा साईकल तथा पैदल र्यालीमा निस्किएका शरणार्थीहरुले शरणार्थी समस्याको दिर्घकालिन समाधान स्वदेश फिर्तीलाई पनि अघि सार्नु पर्ने माग राखेका छन् ।  दिवशको अवसरमा शरणार्थीहरुले बृक्षा रोपण तथा रक्तदान कार्यक्रम समेत गरेका छन् ।

सौजन्यः डिकेश लामा, बेलडागी