Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशान्ति आराधना सम्पन्न ; लामाहरूद्वारा शहीदप्रति श्रद्धार्पण

शान्ति आराधना सम्पन्न ; लामाहरूद्वारा शहीदप्रति श्रद्धार्पण

भूटानका शहीदहरूको सम्मान तथा समाज कल्याणको मूल लक्ष्यमा स्थापित पूण्य फाउण्डेशनको विशेष सक्रियता तथा विभिन्न समूहहरूको सहभागितामा केही दिनदेखि भूटानी शरणार्थी शिविर-बेल्डाँगी १ मा चलिरहेको शहीद स्मृति समारोह सम्पन्न भएको छ । बौद्धपरम्परामा आधारित सो चारदिने समारोह गएको आइतवार सम्पन्न भएको हो ।

‘‘सर्व-धर्म विश्वशान्तिका निम्ति’’, भन्ने नारासहितको सो शान्ति आराधनामा नेपाल र भारत साथै विभिन्न शिविरका गरी गरिब १० हजार मानिसहरूको उपस्थिति रहेको बेल्डाँगी १ शिविरका सचिव टीबी गुरुङले भूससे-लाई बताए ।

समारोहमा पूण्य फाउण्डेशनको लक्ष्य तथा कार्यक्रमहरूबारे पत्रकार जितेन सुब्बाले प्रकाश पारेका थिए ।

शरणार्थी नेता डा.भम्पा राईद्वारा उद्घाटन भएको सो चारदिवसीय समारोहमा गुरु रिम्पोछेको तेस्रो अवतार मानिएका ड्रुक्पा रिम्पोछेले धार्मिक प्रवचन सुनाएका थिए भने उनले नै ज्ञात-अज्ञात भूटानी शहीदहरूको नाममा मन्त्रोच्चारणसहित बात्ती जनाएका थिए ।  भूटानी शहीदहरूको स्मृतिमा सहीदहरूकै परिवार सदस्य, पञ्चकन्या, शिक्षक-विद्धार्थी तथा सामान्य जनसाधारणले १ हजार आठ बत्ती बालेर सम्मान जनाएका  थिए । शरणार्थीहरुको ठूलो संख्या पुनर्वाशमा गइसकेको अवस्थामा पनि शिविरभित्र यति ठूलो जनसंख्या यो कार्यक्रममा जुटेको देखेर सचिव गुरुंगले आश्चर्य व्यक्त गरे । लामा रिम्पोछेको प्रवचन सुन्ने अवसरका लागि यो समारोहमा धेरै मानिसहरूको उपस्थिति रहेको पनि अनुमान गरिएको छ ।

भूटान समाचार सेवाका लागि बेल्डाँगी १-बाट लोक मोहरा ।