Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशरणार्थी शिविरमा भलिवल प्रतियोगिता

शरणार्थी शिविरमा भलिवल प्रतियोगिता

डिकेश लामा

झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा मंगलबारदेखि सेक्टर स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

शिविरमा सम्पन्न प्रतियोगिताको एक झलक । तस्वीर डिकेश लामा

युवा मैत्री केन्द्र बेलडाँगीको आयोजना तथा क्यारिटस नेपालको सहयोगमा भएको उक्त प्रतियोगिता औपचारिक कार्यक्रमबीच शुरु गरिएको छ । मंगलबार भएको पुरुष तर्फको खेलमा बेलडाँगी २ विस्तारित सेक्टर सीलाई वाक ओभर दिँदै बेलडाँगी २ सेक्टर डी टोली विजयी घोषित भएको छ । महिला तर्फको खेलमा बेलडाँगी २ को सेक्टर इ लाई लगातार २ सेटमा हराई सेक्टर एचले विजय हात पारेको छ ।

औपचारिक कार्यक्रम युएनएचसीआरकी फिल्ड सहायक गंगा सेनको प्रमुख आतिथ्य तथा केन्द्रकी संयोजक डम्बरकुमारी राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्थानीय संघसंस्था, सशस्त्र प्रहरी सुरक्षा बेश, क्याम्प रेखदेख समिति, क्याम्प व्यवस्थापन समिति लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

पुरुष तर्फ १५ र महिला तर्फ १० टीम सहभागी रहेको खेलमा प्रतियोगितामा भोलि बेलडाँगी २ को पुरुष तर्फ सेक्टर एच र इ तथा महिला तर्फ सेक्टर वी र ए बीच प्रतिष्पर्धा हुने केन्द्रका अगुवा पदाधिकारी मनबहादुर पौडेलले बताएका छन् ।