Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशरणार्थी शिविरमा पुन: आगलागी, ८ छाप्रा नष्ट

शरणार्थी शिविरमा पुन: आगलागी, ८ छाप्रा नष्ट

दमक (नेपाल) । झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा पुन: आगलागी भएको छ । आगलागी शिविरमा आइतबार (२७ जनवरी २०१९) बेलडाँगी-२ मा दिउँसो सवा चार बजे भएको हो ।

आगलागीबाट आठ छाप्रा जलेर नष्ट भएका छन् । अन्य छाप्रामा आगो सल्किन नदिन नजिकैका केही छाप्रा भत्काइएको छ । आगलागीमा मासिम सुब्बाको बी ४ – ६९, आइतीमाया सुब्बाको बी ४ – ९५, चन्द्रलाल सुब्बाको बी ४- १०२/१०३, पर्शुराम राईको बी ४ – १११/१०७, पदमबहादुर पोख्रेलको – बी ४- ९१ र सुकमति सुब्बाको- बी ३ – १३० छाप्रा जलेर नष्ट भएका हुन् ।

आगलागीमा मानवीय क्षति भएको छैन । अन्य क्षतिको यकिन विवरण भने थाहा हुन बाँकि छ । उक्त आगलागीका पिडित परिवारलाई शिविर व्यवस्थापन समितिले तत्कालका लागि बेलडाँगी शिविरस्थित आम्दा अफिसमा बस्ने व्यवस्था गरेको शिविर सचिव टिकाराम रसाईलीले जानकारी दिनुभयो ।

आगो दमकल, शरणार्थी र शसस्त्र प्रहरी बलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।