मोरङको शनिश्चरे शिविरमा आज पनि राहत वञ्चित भुटानी शरणार्थीहरुले अनसन जारी राखेका छन्
हिजो बिहान देखि १७ जना भुटानी शरणार्थीहरु अनिश्चितकालका लागि भोक हडतालमा उत्रिएका हुन् ।
शनिश्चरे शरणार्थी शिविरमा शरणापेक्षीको वर्गमा परेका , शिविर बाहिरका सँग बिबाह गरेका , फोटो खिची परिचय पत्र पाउन बाँकी , शरणार्थी गणनामा छुटेका र शरणार्थीको रुपमा दर्ता नभएका भुटानीले दर्ता तथा सहायताको माग सहितको ज्ञापन पत्र त्यहाँस्थित शरणार्थी समन्वय एकाई र अन्य सहायता निकायका अधिकारीहरुलाई यस अघि नै बुझाएका थिए ।
एउटै परिवारमा पनि सहायता पाउने र नपाउने ब्यक्ती रहँदा परिवारहरु चर्को मारमा परेको हडतालको अगुवाई गरिरहेका शरणार्थी किशोरकुमार भण्डारीले बताउनु भएको छ ।
झापा र मोरङका सातै शिविरमा सहायताबाट वञ्चित शरणार्थीको संख्या ३ हजार एक सय नब्बे रहेको सहायता वञ्चित पीडित शरणार्थी समुहले बताउँदै आएको छ ।