Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीशरणार्थीका लागि तेस्रो मुलुक बन्द हुने

शरणार्थीका लागि तेस्रो मुलुक बन्द हुने

डिकेश लामा

भदौ १०, २०७३, बेलडाँगी (नेपाल) । भूटानी शरणार्थीहरूको तेस्रो मुलुक पूनर्वास प्रकृया आगामी डिसेम्बर महिनाबाट बन्द हुने भएको छ ।2000px-UNHCRlogo.svg

सन् २००७ देखि शुरु गरिएको तेस्रो मुलुक स्थानान्तरण कार्यक्रम ३१ डिसेम्बर, २०१६ बाट स्थानान्तरणका लागि गर्ने नयाँ फारम बन्द गरिने शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकायले जानकारी दिएको छ ।

निकायका बाह्य जनसम्पर्क अधिकृत दिपराज उप्रेतीका अनुसार तेस्रो मुलुक पूनर्वासका लागि नयाँ आवदेनलाई बन्द गरिने जानकारी शरणार्थी शिविरहरूमा बुलेटिनमार्फत गरिसकेको जानकारी दिएका छन् ।

उप्रेतीका अनुसार बाँकी रहने करिव १० हजार शरणार्थीका लागि स्वदेश फिर्ती र स्थानीय संयोजनका विकल्प अगाडि बढाउने योजना रहेको बताए ।

स्वदेश फिर्तीका लागि निकायको केन्द्रिय कार्यालय जेनेभाबाट भूटानसँग आवश्यक पहल समेत भइरहेको बताएका छन् ।

”अन्य देशका शरणार्थीलाई विश्वमा १ प्रतिशतमात्र स्थानान्तरण कार्यक्रम सफल भईरहेको अवस्थामा भूटानी शरणार्थीमा भने ९० प्रतिशत स्थानान्तरण गर्न सफल हुनु भनेको असाधारण उपलब्धि भएको छ,” निकायको नियमित बुलेटिनमा उल्लेख छ ।

३१ जुलाईसम्म १ लाख ४ हजार ७ सय ५० जना भूटानी शरणार्थी विभिन्न आठ वटा तेस्रो मुलुकमा स्थानान्तरण भइसकेका छन् ।

सबैभन्दा धेरै ८८ हजार ९ सय २५ जना अमेरिका पूनर्वास भएको निकायले गएको जुलाई महिनामा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

अमेरिकामा सन् २००८ मा ५ हजार ३ सय २०, सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३, सन् २०११ मा १४ हजार ९ सय ९९, सन् २०१२ मा १५ हजार ७०, सन् २०१३ मा ९ हजार १ सय ३४, सन् २०१४ मा ८ हजार ४ सय ३४, सन् २०१५ मा ५ हजार ७ सय ७५ र सन् २०१६ को जुलाईसम्म करिब ४ हजार सय जना भूटानी अमेरिकामा पुनर्स्थापित भएका छन् ।