झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका ६ युवालाई लागू औषधको रूपमा प्रयोग हुने औषधी नाइट्रोजन सहित शुक्रवार सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ पर्ने ती भूटानीहरु बेलडाँगी २ सेक्टर सी/२ र बी/१ निबासी रहेको जानकारी दिएको छ । उनीहरूलाई बेलडाँगी बजारको बस स्टेसनबाट २७ स्ट्रिप नाइट्रोजन सहित पक्राउ गरेको सशस्त्र प्रहरी बेस बेलडाँगीले जानकारी दिएको छ ।
पक्राउ भएका युवाहरूलाई शुक्रवार इलाका प्रहरी कार्यालय दमक बुझाइएको छ ।