Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारलागुऔषध सहित पक्राउ

लागुऔषध सहित पक्राउ

डिकेश लामा

झापास्थित भूटानी शरणार्थी शिविर वेलडाँगीमा एक युवालाई लागु औषधसहित पक्राउ गरिएको छ ।

वेलडाँगी शिविर । फाइल फोटो बि. एन्. एस्.

पक्राउ पर्नेमा बेलडाँगी २ सेक्टर इ-१, छाप्रा नं. ७ का २२ वर्षीय विनोद राई रहेका छन् । राईलाई शनिवार २४ थान विभिन्न नामका इन्जेक्सनबाट प्रयोग गरिने एम्पुल औषधिसहित पक्राउ गरिएको शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बेलडाँगीका निरीक्षक विजय हमालले बताए ।

प्रक्राउ परेका राईलाई शिविर रेखदेख समितिको सहयोगमा पक्राउ गरिएको जनाइएको छ ।

यस अघि भूटानी शरणार्थी शिविरका ३ शरणार्थीलाई ७८ थान डाईजिपम, बु्रफेन, पेनागन लगायतका एम्पुलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको शसस्त्र बेस क्याम्प बेलडाँगीले जानकारी दिएको छ ।

पछिल्लो समय भूटानी शरणार्थी शिविर बेलडाँगीमा लागु औषध प्रयोगकर्ताहरु बढ्दै गएको शसस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बेलडाँगीले जानकारी दिएको छ । लागुऔषध पदार्थहरु भारतको पानी टयाङ््कीबाट ल्याइने गरेको पक्राउ पर्नेहरुको बयान रहेको प्रहरीले जानकारी दिएको छ ।