Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचाररिजालको निजी वेवसाइट

रिजालको निजी वेवसाइट

भूटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले नेपाल सरकारको फितलो नितिका कारण भूटानी शरणार्थीहरु नेपालबाट तितरवितर भएर विभिन्न मुलुकतिर जान बाध्य भएको बताउनु भएको छ ।

नेपाल एफ्. एम् र भूटान मिडिया सोसाइटीले आज काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा शरणार्थी नेता रिजालले यस्तो बताउनु भएको हो ।

पुनर्वाश प्रक्रियाले भूटानमा भइरहेको प्रजातान्त्रिक लडाइँमा असर पु-याएको पनि नेता रिजालले व्यक्त गर्नुभयो ।

इतिहासविद डाक्टर सुरेन्द्र के.सीले शरणार्थी समस्याको समाधान गर्न नसकेर नेपाल इतिहासमै चुकेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नेपाल एफ् एम् नेटवर्कका अध्यक्ष हेमबहादुर विस्टले नेपाल आँफै समस्यामा फँसेकाले शरणार्थी मुद्धा ओझेलमा परेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा भूटानका जेलमा दिइने यातनाका प्रकृति तथा मस्तिष्क नियन्त्रणका विषयमा विभिन्न वक्ताहरुले विचार राखेका छन् भने शरणार्थी नेता टेकनाथ रिजालको www.teknathrizal.com को औपचारिक उद्घाटन गरिएको छ ।