तिलक निरौला, न्यु ह्याम्प्सर
झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीहरुलाई दिईदै आएको खाद्य सामग्रीको परिमाणमा कटौती गरिएको प्रती शरणार्थीहरुले दुःख ब्यक्त गरेका छन् ।

बेलडाँगी शरणार्थी शिबिर र मोरङको पथरी शिबिरमा रहेका करिब १७ हजार शरणर्थीहरुले बिश्व खाद्य कार्यक्रम मार्फत पाउदै गरेको सहायतमा कटौती गरिएकोमा दुख ब्यक्त गरेका हुन् । खाद्य सामाग्री कटौती गरेको भन्दै शरणार्थीहरुले शिविर व्यवस्थापन समितिको कार्यालयय अगाडी धर्ना समेत दिएका छन् । दातृ निकायले दुई बर्षयता सहयोग नगरेका कारण सहायता कटौति गर्नुपरेको बिश्व खाद्य कार्यक्रम डब्लुएफपीले जनाएको छ ।

झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीहरुलाई दिईदै आएको खाद्य सामग्रीको परिमाणमा कटौती गरिएको प्रती शरणार्थीहरुले दुःख ब्यक्त गरेका छन् ।
शरणार्थीहरुले खाद्य सामाग्री कटौती हुदा खान नपुग्ने भन्दै सहायता नघटाउन आग्रह गरेका छन् | “पहिला दिदै आएको खाद्यन्न नै थोरै थियो, त्यसमा पनि कटौती गर्दा साह्रै दुःख लागेको छ” बेलडाँगीका शरणार्थी सन्तबिर घलेले भने |
विश्व खाद्य कार्यक्रमले शरणर्थीहरुलाई दिदै आएको खाद्य सामाग्रीहरुमा नून, पोसिलो पिठो र चिनी कटौती गरेको छ । त्यस्तै बिगतमा एक ब्यक्तिलाई प्रति महिना १२ किलो चामल दिदै आएकोमा अब १० किलो मात्र उपलब्ध गराउने जनाएको छ । त्यस्तै दाल, खाने तेल लगायतका अन्य खाद्य सामाग्रीको परिमाणमा पनि कटौती गरेको छ ।
अपाङ्ग, असक्त, बालिबालिका, सुत्केरी, गर्भवती लगायतको हकमा भने खाद्य सामाग्रीको परिमाणमा कटौती नगरिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । खाद्यसामाग्रीको परिमाणमा कटौती गरेकामा शिविर व्यवस्थापन समितिले बिज्ञप्ती जारी गर्दै सहायता नघटाउन आग्रह गरेको छ ।