HomeNewsयो वर्षको झकास पुरस्कार भारतीय साहित्यकार राईलाई

यो वर्षको झकास पुरस्कार भारतीय साहित्यकार राईलाई

साहित्यप्रेमी भूटानी युवाहरूबाट गठित झकास समूहले वार्षिक रूपमा प्रदान गर्दै आएको यो वर्षको ‘झकास अन्तराष्ट्रिय पुरस्कार’ भारतीय साहित्यकार विमल राईलाई प्रदान गरेको छ ।

पुरस्कार ग्रहर्ण गर्दै साहित्यकार राई (सौजन्य: प्रकाश आङ्दाम्बे)

पुरस्कार गत आइतबार झापाको दमकमा आयोजना गरिएको एउटा कार्यक्रममाझ साहित्यकार गणेश रसिक, संगीतकार मणीकमल क्षेत्री र गीतकार एलपी जोसीबाट संयुक्त रूपमा साहित्यकार राईलाई प्रदान गरिएको हो ।

ताम्रपत्र र १६ हजार रूपैयाँको सो पुरस्कार सन्  २०१० बाट झकास समूहले प्रदान गर्दै आएको छ । उक्त पुरस्कारबाट साहित्यकारहरू याम थुलुङ र प्रकाश आङ्दाम्वे क्रमश सन् २०१० र २०११ मा सम्मानित भइसकेका छन् ।

“तपाईहरूको माया मात्र भए पुग्छ, मलाई नगद रकमको कुनै आवश्यकता छैन,” भन्दै राईले आफूले पाएको १६ हजार रूपैयाँ सृजनशील कामका लागि झकास समूहलाई नै फिर्ता गरेका थिए ।