Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीयोग कक्षा  उद्घाटन र पंचाङ्ग विषयमा अन्तरक्रिया

योग कक्षा  उद्घाटन र पंचाङ्ग विषयमा अन्तरक्रिया

 

रिनोल्द्स्बर्ग , मे १२, २०१९

ओहायो राज्यको रिनोल्द्स्बर्ग  पतास्कला क्षेत्रमा अवस्थित श्री लक्ष्मीनारायण मन्दिरमा हिजो मारुतीनन्दन  नेपाली पंचाङ्ग विषयमा अन्तरक्रिया तथा योग कक्षाको उद्घाटन गरियो।

Temple under renovation.
Photo courtesy: Bhuwan Pyakurel

हरेक आइतबार बिहान सन्चालन गरिने भनिएको योग कक्षाको यो प्रथम सत्र योग अभ्यासमा तालिम प्राप्त सिन्सिन्यति निवासी परमआनन्द बाँस्तोलाले सन्चालन गरेका थिए।  दोस्रो सत्रमा मारुतीनन्दन नेपाली पनचाङ्गका लेखक पद्मलाल ढकाल र अर्का ज्योतिषी लक्ष्मीनारायण मिश्रसँग प्रश्न उत्तरको कार्यक्रम रहेको थियो ।

उक्त नेपाली पंचाङ्ग निकाल्नु पर्ने आवस्यकता र यसको विकासक्रम बारे डा. लक्ष्मीनायारण ढकालको भनाई थियो,  “नयाँ भूगोलमा बसाईं आएपछि हामीलाई हरेक चाड पर्व मनाउन र तिथि श्राद्द गर्न यहि भूगोललाई मिल्ने पनचाङ्ग आवश्यक पर्यो र यसलाई सँस्थागत रुपमै निकाल्नु पर्यो।  यो पनचाङ्ग २०१५ बाट प्रकाशन शुरु भयो तर खोज अनुसन्धानको काम २०११ बाटै गरिएको हो।”

ज्योतिष पद्मलाल ढकाल र लक्ष्मीनारायण मिश्रले साधारण तिथि, दिन, घडी नमिल्नुको  कारण बारे ज्योतिषीय  गणनामा सुर्योदय र सुर्यास्त अनि भूगोलको अवस्थिति अनुसार फरक भएका कारण भन्ने बारे बताएका थिए।

श्रीवैष्णव परिषदले पंचाङ्ग लेखक ज्योतिष पद्मलाल ढकाललाई एक सम्मान पत्र प्रदान गर्यो।  परिषद अध्यक्ष भीम बाँस्तोलाले सो सम्मान पत्र पढेर सुनाएका थिए ।

परिषदले मारुतीनन्दन पनचाङ्गलाई नै मान्यता दिएको र अब उसो सबै पर्वहरु यहि पंचाङ्ग अनुसार मानिने परिषदको घोषणा भुवन प्याकुरेलले बताए।

श्री लक्ष्मीनारायण मन्दिर सन् २०१८ अक्टोबरमा स्थापना गरिएको थियो।  झन्डै पाँच ऐकर जग्गा भएको यो मन्दिर परिसर तीन लाख पचहत्तर हजारमा वक्तिगत सहयोगको भरमा किनेको भुवनले बताए।  यस रकम सहयोगमा पहिलो एक हजार दिने तिलाचन पोख्रेल हुन् भने मन्दिरमा दैनिक स्वयम् सेवकको भूमिकामा श्रीनारायण काफ्ले खटेका छन्।

केहि आवस्यक मर्मत सम्भार तथा नयाँ सौचालय, भान्छाघर पनि निर्माण गर्न ठेक्का भैसकेको भुवन प्याकुरेलले उपस्थित सहभागीलाई सुनाएका थिए।