Homeनेपालीसमाचारउच्चायुक्तका डेपुटी कमिसनर शिविर पुगे

उच्चायुक्तका डेपुटी कमिसनर शिविर पुगे

नेपाल भ्रमणको क्रममा रहेका संयुक्त राष्ट्र संघ शरणार्थीकालागि उच्चायुक्त (यु.एन्. एच्. सी. आर) का डेपुटी कमिसनर टी. एलेक्ज्याण्डर एलेनकौफले बुधबार झापास्थित बेलडाँगी शरणार्थी शिविरहरुको भ्रमण गरेका छन् |

बेलडाँगी शिविरका शिविर सचिव डीबी सुव्वाका अनुसार उनले शिविर तथा स्थानीय क्षेत्रका प्रतिनिधिहरुसंग भेटवार्ता गरे |

समुदायका प्रतिनिधिहरुसंग कुरा गर्दै डिपुटी कमिसनर | फोटो: डिकेश लामा

“दुई समुदायबीच वर्तमान कायम रहेको सम्बन्धका बारेमा उहाँले चासो राख्नु भयो”, सुब्बाले भूटान समाचार सेवासंग भने |

अन्तकृया कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।

यसैबीच अन्तरक्रिया कार्यक्रममा आफूलाई प्रवेश नदिएकोमा संचारकर्मीहरुले खेद प्रकट गरेका छन् | यद्यपि कमिसनरले अन्तरक्रिया कार्यक्रमपछि पत्रकारहरुका प्रश्नको जवाफ दिएका थिए |

छलफल पछि पत्रकारहरुसंग कुरा गर्दै एलेक्ज्याण्डर स्वदेश फिर्ती हुन चाहाने शरणार्थीको विषयमा हाल यूएनएचसीआरसँग कुनै स्पष्ट योजना नभएको बताए ।

यद्यपि उनले कि शरणार्थीको स्वदेश फर्कने चाहनाप्रति यु.एन्. एच्. सी. आर संवेदनशील छ |

भूटान समाचार सेवाका लागि बेलडाँगीबाट डिकेश लामा