Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारम्यानचेस्टरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

म्यानचेस्टरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

राजेश कोइराला

म्यानचेस्टर – अमेरिकाको न्यु ह्याम्सर राज्यमा बस्ने भूटानी समुदायले शनिबार स्थानीय डेरीफिल्ड स्कूलमा ‘भूट्नीज युफोरिक नाइट’ नामक सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रम बेलुका ५:३० मा सुरू भएर १० बजेतिर सकिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरु

भूटनीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) को वार्षिक कार्यक्रमका रूपमा आयोजित उक्त कार्यक्रममा नृत्य, गीत, कविता, संगीत आदि प्रस्तुत गरिएको थियो । कार्यक्रममा राज्यका विभिन्न शहरका साथै अन्य राज्यबाट आएका कलाकारहरूले आफ्नो कला देखाएका थिए ।

कार्यक्रममा भूटानी समुदायलाई मद्दत गर्ने संस्था, व्यक्तिहरू सम्मानित गरिए । सम्मानित हुनेमा भूटानी समुदायकै वीरेन नेपाल, विष्णु निरौला, श्याम गौतम थिए । संस्थाहरूमा लुथरन सोसल सर्भिसेज अफ न्यु इंगल्याण्ड र इन्टरनेसनल इन्स्टिच्युट रहे । त्यसैगरी सम्मानित हुने व्यक्तिहरू सिस्टर आइरिन, मार्गरेट पेगी, बिल गिलेट, जुडिथ, क्यारोल ह्यारिस, बिल ह्यारिस, जेसिका स्यान्टोस, डग हल र राजेश कोइराला थिए । असारमा आयोजित भानुजयन्तीको कविता प्रतियोगिताका प्रथम शिवलाल अधिकारी सम्मानित भएका थिए ।

अमेरिकी सरकारले गत जून १८ सम्म यो उत्तर-पूर्वी राज्य न्यु ह्याम्सरमा १ हजार ७ सय ३१ जना भूटानी शरणार्थीलाई पुनर्स्थापना गराइसकेको छ । अमेरिकाभर भूटानी शरणार्थीको संख्या ६० हजार कटिसकेको छ ।