Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeGalleryVideo'मारुतिनन्दन' नेपाली पंचांगको दोश्रो अंक प्रकाशित

‘मारुतिनन्दन’ नेपाली पंचांगको दोश्रो अंक प्रकाशित

अमेरिका र क्यानाडाको स्थानीय समयमा नै तिथि मिति तथा ग्रह नक्षत्र हेर्न सजिलो हुने गरि मारुतिनन्दन नेपाली पन्चांगको दोस्रो संस्करण दिसम्बरको पहिलो साता प्रकाशित भएको छ |

 मारुतिनन्दन नेपाली पन्चांगको दोस्रो संस्करण
मारुतिनन्दन नेपाली पन्चांगको दोस्रो संस्करण

ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्रले उक्त पन्चांग गत साल देखि प्रकाशनमा ल्याउन थालेको हो | सो केन्द्रका अनुसार विगत ४-५ साल देखिको अनुसन्धान पछी गत साल देखि स्थानीय समयमा निर्धारित पंचांग प्रकाशन सम्भव भएको छ | यो कार्य ज्यो.श्री पदमलाल ढकालको अथक परिश्रमबाट सम्भव भएको कुरा केन्द्रका निर्देशक डा. लक्ष्मीनारायण ढकालले बताउनु भयो |

यस्को प्रथम अंक व्यक्तिगत रुपमा प्रकाशित भएको थियो | दोश्रो अंकमा अन्य भूटानी तथा नेपाली ज्योतिषीहरु समावेश भई सम्पादक मण्डलद्वारा सम्पादित र धेरै परिष्कृत परिबर्धित बनेको मत छ | यस सम्पादन मण्डलीमा लेखक ज्यो.श्री पदमलाल ढकाल, ज्यो.श्री बालकृष्ण अधिकारी,ज्यो.श्री राजेन्द्र खनाल र भाषा सम्पादक तथा संयोजक डा.लक्ष्मीनारायण ढकाल रहेका छन् | यो पंचांग अमेरिका र क्यानाडाका लागि स्थानीय समय गणनामा तैयार पारिएको छ | गत साल प्रकाशित परिक्षण अंकले सामाजिक स्वीकृति प्राप्त गरे पछी यस कार्यमा निरन्तरता दिन विज्ञ बर्गको पहल शुरु भएको छ ,जसलाई नेतृत्व दिदै “ज्योतिष अनुसन्धान एवं परामर्ष केन्द्र” अभियानका रुपमा यस कार्यलाई गति दिन लागी परेको छ |

यस केन्द्रका निर्देशक पं.डा.लक्ष्मीनारायण ढकालले अमेरिकामा प्रवास पछी स्थानीय समय गणना नगर्दा र धेरै क्यालेन्डरहरुमा भिन्ना-भिन्नै तिथि-मिति निर्धारित भएकाले गर्दा समाज भ्रम र अन्योलमा परेको हुनाले यो केन्द्र उक्त भ्रमको निवारण गर्न व्यापक छलफल र अभियानमा लागेको बताएका छन् | उहाँको भनाइ अनुसार समाजका ज्योतिषी गुरु पण्डित र बुध्दिजीवी वर्गको परामर्ष पछि पन्चांगकै घटी-पला र समय गणना आधारमा भित्ते पात्रो पनि प्रकाशन गरेर एकरुपता नल्याए सम्म समाज भ्रमबाट मुक्त हुन नसक्ने भएकाले यसपाली केन्द्रले सोहि नाममा भित्ते पात्रो पनि परिक्षणका रुपमा प्रकाशित गरेको हो |

‘ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र’ सामाजिक सँस्थाको हैसियतमा स्थानीय सरकारमा दर्ता भएको र ज्योतिष सम्बन्धित तमाम समस्याहरुको वैज्ञानिक तरिकाबाट समाधान खोज्ने र अनुसन्धान गरी त्यसको फल समाजमा पस्कने उद्देश्य लिएर गत साल देखि अग्रसर छ | भविष्यमा नयाँ पीडीलाई लोप हुँदै गरेको ज्योतिष विद्या सम्बन्धित कक्षाहरु र तालिमहरु प्रदान गर्ने योजनामा पनि केन्द्रले काम गर्न थालेको, भूटान समाचार सेवालाई जानकारी गराइएको छ |

यस अनुसन्धान कार्यमा आउने नयाँ विषयहरुको प्रामाणिक निष्कर्ष निकाल्न भारतीय ज्योतिर्विदहरुसंग पनि छलफल शुरु भएको केन्द्रका निर्देशकले जनाएका छन |

यो जानकारीलाई स्पष्ट बुझ्न तलको भिडिओ सहयोगी बन्ने आशा केन्द्रका पदाधिकारीको छ |

सौजन्यज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र