Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीभूटानी साहित्यमा चार पुरस्कार

भूटानी साहित्यमा चार पुरस्कार

अमेरिका साहित्य परिषद्भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरूलाई छुट्टाछुट्टै चार पुरस्कार दिइने घोषणा गरिएको छ यी पुरस्कार सन् २०१८ जनवरी १ तारिखदेखि लागु हुने गरी घोषणा गरिएका हुन्    

भूटानी समुदायभित्रका विभिन्न पुस्ताका सर्जकलाई लेखन, गायन तथा संगीत सृजनाका क्षेत्रमा अभिप्रेरणा जगाउने उद्देश्यले यी पुरस्कार घोषणा गरिएका हुन् यी सबै पुरस्कारका प्रबन्धकहरूसँग आवश्यक परामर्श र विधि निर्धारण गरी सम्पूर्ण निर्णय साहित्य परिषद्भूटानले केही समयपछि पुरस्कारका बारेमा विस्तारपूर्वक जानकारी सार्वजनिक गर्नेछ

यी पुरस्कार यस प्रकार छन्:

हिमतारा प्रतिभा सम्मान पुरस्कार: चार पुरस्कारमध्ये पहिलो दक्षिण अष्ट्रेलिया निवासी धमला परिवारबाट प्रत्येक वर्षमा प्रदान गरिनेछ कूल एक हजार एक अष्ट्रेलियन डलर बराबरको हिमतारा प्रतिभा सम्मान पुरस्कार नामक यो पुरस्कारको आवश्यक संयोजन साहित्य परिषद्भूटानका वर्तमान उपाध्यक्ष प्रकाश धमलाले गर्नुहुनेछ यो पुरस्कार भूटानी समुदायबाट प्रकाशित उत्कृष्ट कविता, गजलमध्ये कुनै एक कृतिका सर्जकलाई प्रदान गरिनेछ

सुराक संगीत सृजना पुरस्कार: साहित्य परिषद्भूटानकै कार्यसमिति सदस्य मनोज राईको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने यो पुरस्कार दोस्रो छ सुराक संगीत सृजना पुरस्कार नामक यो पुरस्कारका लागि पन्ध्र सय तीन अमेरिकन डलर छुट्याइएको छ यो पुरस्कार प्रत्येक दुई वर्षमा भूटानी समुदायमा गीतलेखन, गायन र संगीत सृजनाका सर्जकमध्ये उत्कृष्ट तीनजनालाई प्रदान गरिनेछ

हिमटीका स्मृति आख्यान पुरस्कार: यो तेस्रो पुरस्कार सम्पूर्ण लामिटारे परिवारका तर्फबाट प्रदान गरिनेछ हिमटीका स्मृति आख्यान पुरस्कार नामक यो पुरस्कारको आवश्यक संयोजन तथा व्यवस्थापन साहित्य परिषद्भूटानका संस्थापक तथा वर्तमान निर्देशक मण्डलीका सदस्य गंगाराम लामिटारेले गर्नुहुनेछ कूल एक हजार एक अमेरिकी डलरबराबरको यो पुरस्कार प्रत्येक तीन वर्षमा एक उत्कृष्ट आख्यानकारलाई प्रदान गरिनेछ

मुना स्मृति कथा पुरस्कार: चौथो पुरस्कार, मुना स्मृति कथा पुरस्कार हो घिमिरे परिवारको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने पन्ध्र सय एक अमेरिकन डलरबराबरको यो पुरस्कार प्रत्येक पाँच वर्षमा एक उत्कृष्ट कथाकारलाई प्रदान गरिने छ यो पुरस्कारको आवश्यक प्रबन्ध तथा व्यवस्थापन साहित्य परिषद्भूटानका वर्तमान कार्यकारी अध्यक्ष भक्त घिमिरेले गर्नुहुनेछ