Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsभूटानी समाज स्रोत केन्द्रको निर्वाचन सम्पन्न

भूटानी समाज स्रोत केन्द्रको निर्वाचन सम्पन्न

जून १४,वाशिंगटन । भूटानी समाजलाई निस्स्वार्थ भावले सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको समाजिक संस्था भूटानी समाज स्रोत केन्द्र (BCRC) वाशिंगटनको पाँचौ निर्वाचन सम्पन्न भएकोछ ।

बी.सी.आर.सीका नवनिर्वाचित पदाधिकारीहरु। फोटो: दावा तामाङ
बी.सी.आर.सीका नवनिर्वाचित पदाधिकारीहरु। फोटो: दावा तामाङ

फोस्टर लाईब्रेरी हलमा आयोजित निर्वाचन कार्यक्रम धनपति न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा समाजका अग्रहज व्यक्तित्व, बुद्धिजीवी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

निर्वाचन कार्यक्रमका अध्यक्ष धनपति न्यौपानेका अनुसार २०१५-२०१७ का लागि पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

यसरी निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष प्रल्हाद गुरुङ, उपाध्यक्ष धनलक्षी राई, सचिव दावा तामांग, कोषाध्यक्ष सागर होमगार्ड तथा बोड सदस्यहरू ज्ञनेन्द्र सुब्बा, टेक सुब्बा, गोपाल राई, तुल्सी दबाढी, शान्ता प्रधान र खड्क थापा रहेका छन् ।

निर्वाचित पदाधिकारीहरूले आफ्नो मनतव्यमा समाजप्रति बफादार भएर स्वंसेवकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

भूटानी समाज स्रोत केन्द्र (BCRC) वाशिंगटनका पूर्व अध्यक्ष युग दबाढीले आफ्नो कार्यकालमा भएको सफलताको विवरण प्रस्तुत गरे । केन्द्रका कमी कम्जोरीहरूमाथि पनि प्रकाश पर्दै उनले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिए ।

बिहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म सन्चालित निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै निर्वाचन कार्यक्रमका अध्यक्ष न्यौपानेले कार्यक्रम समापन भएको घोषणा गरे ।

सौजन्य: दावा तामाङ