Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीभूटानी समाज, सिड्नीद्वारा बालशिक्षाका निम्ति अर्थ सङ्कलन

भूटानी समाज, सिड्नीद्वारा बालशिक्षाका निम्ति अर्थ सङ्कलन

पदम काफ्ले

अगस्त २०, सिड्नी (अष्ट्रेलिया) । भूटानी समाज, सिड्नीका युवाहरूले नेपाली बालबालिकाको शिक्षाका निम्ति अर्थ सङ्कलन गरेका छन् ।

रात्रीभोजको आयोजना गरी उनीहरूले अर्थ सङ्कलन गरेका हुन् । गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकाका शिक्षाका निम्ति उक्त सङ्कलित रकम प्रयोग हुने बताइएको छ । गत सालबाट नै भूटानी समाज, सिड्नीका युवाले यो अर्थ सङ्कलनको कार्य थालेका हुन् ।

”नेपालका १० जना अभिभावकविहीन बालबालिकाको शिक्षाका निम्ति भूटानी युवाको सहयोग रहँदै आएको छ,” आयोजकमध्ये एक युवाले भूटान न्युज सर्भिसलाई बताए ।

कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत गरिएका थिए भने नेपालमा सहयोग पाइरहेका बालबालिकाको बायोडाटा पावरप्वाइन्टमा प्रस्तुत गरिएको थियो ।

अर्थ सङ्कलनको उद्देश्यका साथ आयोजित रात्रीभोज कार्यक्रममा भूटानी, नेपाली, भारतीय समाजका प्रतिनिधिहरू तथा सिडवेस्ट मल्टीकल्चर सर्भिस र स्टार्सका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रम आयोजना गर्ने युवाहरूमा गोविन्द गौतम, पर्शु आचार्य, टेक काफ्ले, अदित ढुङ्गेल, रोहित ढुङ्गेल, इन्दिरा ढुङ्गेल, हेमन्ता आचार्य, किरण पौडेल, दीपक धिमाल आदि छन् ।