भूटानी पुनर्स्थापनाको १० वर्ष, अमेरिकामा ९५ हजार ७ सय ९८

26644
1246

न्यु ह्याम्सर । सन् २०१८ फेब्रुअरी अन्तिममा अमेरिकामा भूटानी शरणार्थी पुनर्स्थापनाको १० वर्ष पूरा भएको छ । भूटानीको पहिलो खेप सन् २००८ मार्चमा अमेरिका आएको थियो । दश वर्षको यस अवधिमा अमेरिकामा पुनर्स्थापित भूटानीको संख्या ९५ हजार ७ सय ९८ पुगेको छ । एक दशकलाई हेर्दा आर्थिक वर्ष २०११/१२ मा सबभन्दा बढी र आर्थिक वर्ष २०१६/१७ मा सबभन्दा कम पुनस्र्थापित भएको देखिन्छ ।

तेस्रो मुलुक पुगेका कूल भूटानीमध्ये करिब ८७ प्रतिशतभन्दा बढि भूटानी अमेरिकामा हुनुहुन्छ ।

हालैको अवस्था

सन् २०१७ सकिएसँगै औपचारिक पुनर्स्थापना कार्यक्रम सकिएको छ । सिफारिश भइसकेका भूटानी मात्र पुनर्स्थापनाका लागि नेपाल छाड्दै हुनुहुन्छ । आर्थिक वर्ष २०१६/१७ सकिएपछि सन् २०१८ को फेब्रुअरी अन्तसम्म कतिजना अमेरिका आउनुभयो त ?

सन् २०१७

अक्टोबरः२७३

नोभेम्बरः५३२

डिसेम्बरः७३०

सन् २०१८

जनवरीः२५७

फेब्रुअरीः९२

करिब ९६ हजार अमेरिका आइपुगे पनि सन् २०१८ मा यो प्रक्रिया जारी रहने काठमाडौंस्थित युएनएचसिआरको कार्यालयले जनाएको छ ।

१० वर्षमा कहिले र कति ?

प्रत्येक वर्ष (आर्थिक वर्ष) को यो तथ्याङ्क अक्टोबर १ देखि अर्को वर्ष सेप्टेम्बर ३१ सम्मको हो, जस्तोः सन् २००७/०८ भन्नाले सन् २००७ अक्टोबर १ देखि सन् २००८ सेप्टेम्बर ३१ सम्म, सन् २००८/०९ भन्नाले सन् २००८ अक्टोबर १ देखि सन् २००९ सेप्टेम्बर ३१ सम्म आदिको हो भन्ने जानिन्छ । अक्टोबर १ देखि अर्को वर्षको सेप्टेम्बर ३१ सम्म अमेरिकाको आर्थिक वर्ष हो ।

वर्ष (सन्) ……… संख्या

सन् २००७/०८ ….  ५,३२०

सन् २००८/०९ …. १३,४५२

सन् २००९/१० …. १२,३६३

सन् २०१०/११ …. १४,९९९

सन् २०११/१२ …. १५,०७०

सन् २०१२/१३ …. ९,१३४

सन् २०१३/१४ …. ८,४३४

सन् २०१४/१५ ……. ५,७७५

सन् २०१५/१६ ……. ५,८१७

सन् २०१६/१७ ……. ३,५५०

सन् २०१७ अक्टोबर १ देखि सन् २०१८ फेब्रुअरी २८ सम्म …. १,८८४

––––––––––––––––––––––––

जम्मा …….९५,७९८

साभार: अक्षरिका, मार्च २०१८

Comments are closed.