Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारभूटानी कलाकारहरुलाई सम्मान गरिने

भूटानी कलाकारहरुलाई सम्मान गरिने

भुटानी कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि जुटिरहेका भुटानी कलाकार र स्रजकहरुलाई अमेरिकाको मिनिसोटा राज्यमा स्थापित एउटा संस्थाले सम्मान गर्ने भएको छ |

यही मिति ७ जुलाई २०१२ का दिन यस्तो सम्मान कार्यक्रमको आयोजना हुने कुरा उक्त संस्था भुटनीज कम्युनिटी अफ मिनिसोटाले जनाएको छ |

कार्यक्रमका संयोजक तिलक पकवालले भुटान समाचार सेवासंग भने, “भुटानी माटोलाई हामीले केही दिन नसके पनि हाम्रो कला, साहित्य र संस्कृतिले सदैव अमर राखेको छ ।”

संयोजक पकवालले यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिन सबैलाई अनुरोधसमेत गरेका छन् |

मिनिसोटामा पहिलो पटक हुन गइरहेको यस्तो कार्यक्रमा आयोजकले यसपालि विभिन्न विधामा गिती एल्बम प्रकाशन गरिसकेका गायक तथा नवगायक, संगितकार, गीतकार समेतलाई सम्मान गर्ने जानकारी दिएका छन् ।

भूटान समाचार सेवाका लागि मिनिसोटाबाट अर्जुन प्रधानद्वारा सम्प्रेषित