जापानले भूटानमा आफ्नो राजदुताबास खोल्ने भएको छ । भूटानका राजाले गत बर्ष गरेको आग्रहका आधारमा २०१४ सम्ममा जापानले भूटानमा दुताबास खोल्ने अधिकारीहरुले जानकारी दिएका छन ।

गत नोवेम्बरमा राजा जिङ्मे खेसर नम्गेल वाङ्चुक र रानी जेट्सन पेमाको जापान भ्रमणका अवसरमा यस्तो प्रस्ताब राखेका थिए । परराष्ट्र मन्त्रालयले पनि आवश्यकता रहेको भन्दै दुताबास खोल्ने निर्णय गरेको अधिकारीहरुले बताएका छन ।
शान्ति र सुरक्षित रहने हेतुले सदैब तथस्ट रहदै आएको भुटानले अहिले सम्म संयुक्त राष्ट्रसंघ सुरक्षा निकायका रष्ट्रसँग कुटनितिक सम्बन्ध राखेको छैन । हालको स्थितीमा भूटानमा केवल ईन्डिया, बङ्गलादेश र कुवेतका दुताबास मात्रै रहेका छन ।
भूटानका लागी जापानसँग सम्बन्धित काम ईन्डियामा रहेको जापानी दुताबासले गर्दै आएको छ ।
साथै, जानकारीमा दुताबास २०१४ देखि सन्चालनमा आउने पनि जनाएका छन । करीब ६००,००० जनसन्ख्या रहेको भूटानले जापानमा पनि आफ्नो दुताबास राख्न खोजेको समेत जनकारी आएको छ ।
अनुवाद सौजन्य ः गोविन्द रिजाल