सिन्सिन्याटी (ओहायो) । नेपाली वर्णमालाको पोस्टर सरस्वती पूजाका दिन (९ फेब्रुअरी २०१९) ओहायोको सिन्सिन्याटी सार्वजनिक गरिएको छ । यहाँ सञ्चालित नेपाली कक्षामा वितरण गर्दै सार्वजनिक गरिएको हो ।
उक्त पोस्टर खगेन्द्र भण्डारी जन्तरेले तयार पार्नुभएको र जन्तरे प्रकाशनले बजारमा ल्याएको हो । यसमा नेपाली, अंग्रेजी, र सांकेतिक भाषासमेत राखिएको छ । उक्त प्रकाशनको यो पहिलो प्रस्तुति हो ।
अहिले यो पोस्टर सिन्सिन्याटीको नमस्ते ग्रोसरी (500 Kolb Dr ste 5a, Fairfield, OH 45014, Phone: 513.860.0359) मा उपलब्ध छ । विभिन्न राज्य र शहरहरूमा चाँडै नै उपलब्ध हुने प्रकाशनले जनाएको छ । २० प्रतिसम्मको अर्डर आएमा हुलाकबाट पठाइने पनि प्रकाशनले बताएको छ ।
सरस्वती पूजा वा श्रीपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।