Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबेलायती राजदुतलाई शरणार्थीको पत्र

बेलायती राजदुतलाई शरणार्थीको पत्र

भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले आइतबार बेलायती राजदुत एण्ड्रय जेम्स स्पार्कलाई स्वदेश फिर्तीको पहल गर्न माग गर्दै आइतबार पत्र पठाएको छ ।

पत्र मार्फत २१ बर्ष देखि स्वदेश फर्कने आसामा बसेका शरणार्थीको नैसर्गिक अधिकारमाथि कुठराघात भएको बताउँदै विभिन्न अन्तराष्ट्रिय निकायमा घर फर्कन पाउँने अधिकार सुनिश्चित गर्न पहलको लागि माग गरेको समितिका प्रबक्ता सन्तविर घलेले बताए ।

१ सय २७ जनाको प्रतिनिधि हस्ताक्षर सहित पठाएको पत्रमा समितिका संयोजक हर्कजङ्ग सुव्वाले हस्ताक्षर गरेका छन् ।

समितिले पटक पटक विभिन्न राष्ट्र र जिम्मेवार निकायलाई पत्र तथा ज्ञापन पत्र पठाउँदै आएको छ ।

सौजन्यः डिकेश लामा, बेलडागी