Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबेलडाँगीमा बरामद रक्सी नष्ट

बेलडाँगीमा बरामद रक्सी नष्ट

डिकेश लामा, बेलडाँगी

झापाको भूटानी शरणार्थी शिविरभित्र लाँदै गरेको अवस्थामा बरामद गरेको मादकपदार्थ वियर र रक्सी आज सार्वजनिक रुपमा नष्ट गरिएको छ ।

बरामद रक्सी नष्ट गर्दै प्रहरीहरु | तस्बीर: डिकेश लामा

विहीवार साँझ बरामद गरिएको ६ हजार मूल्य बराबरको ४८ थान रियल गोल्ड वियर र ३० थान सिल्डप्याक रक्सी नष्ट गरिएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बेलडाँगीका प्रमुख निरीक्षक विजय हमालले जानकारी दिए ।

शिविरभित्र साइकलमा लाँदै गरेको अवस्थामा बरामद गरिएको रक्सी शिविर व्यवस्थापन समिति, सामुदायिक सञ्जाल, सामाजिक अगुवा, स्थानीय संचारकर्मी लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र बेसक्याम्पले जानकारी दिएको छ ।

विगत लामो समयदेखि शिविरभित्र मादक पदार्थको प्रयोग प्रयोजन बन्द गरिए पनि लुकिछिपी मादक पदार्थको प्रयोग तथा विक्री वितरण गर्ने कार्य रोकिन सकेको भने छैन ।

यस अघि पटकपटक बरामद गर्दै नष्ट गरेको घरेलु तथा सिल्डप्याक रक्सी वर्षमा १ लाख रुपैयाँभन्दा बढी रकमको नष्ट हुने गरेको सशस्त्र सुरक्षा बेसक्याम्प बेलडाँगीले जानकारी दिएको छ ।