Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsबिदानको ‘आइ मिस यु’ विमोचनको तरखरमा

बिदानको ‘आइ मिस यु’ विमोचनको तरखरमा

सी एम निरौला/ न्यु ह्याम्प्सर

सन् २००८ को तेस्रो मुलुक पुनर्बास कार्यपछि केही समय भूटानीहरू नयाँपन र बिल्कुलै अनौठो समाजमा हेलमेल हुन निकै कठिन भएको ध्रुव सत्य हो । यहि समयमा करिब ७० जना पुनर्वासित भूटानीहरूले आत्महत्यासमेत गरे । समाज अन्योलमा पर्‍यो- बिलकुल नयाँपन र बेग्लै भाषा जीवन शैली र रीतिथितिका कारण ।

img_2065बिस्तारै यो समाजले आफ्नो जरो हाल्न थाल्यो, पुनर्वास भएका अमेरिकी शहरहरुमा । समाजलाई सङ्गीतको आवश्यकता छ भन्नेमा दुई मत रहेन । सृजनकर्मीको एउटा शक्ति लागिपर्यो र अमिरिकी बजारमा नेपाली भाषाका गीति एल्बम ल्याउन थाल्यो ! मानिसहरूले बिस्तारै समाज बुझे । त्यसपछि पुनर्बास भएको एक दशक नै नबित्दै आफ्नोपनको स्वाद जताततै छ्यापछ्याप्ती भेट्न थाले ।

यसमा सबैभन्दा ठुलो श्रेय भूटानी सङ्गीतकर्मीलाई दिनै पर्छ। आजभोलि जताततै भूटानी गायकहरूको गीति एल्बम सार्वजनिक हुँदैछन् ।

केही दिनपछि न्युह्यमसार राज्यको मेन्चेस्टर शहरमा ‘आई मिस यु’ गीति एल्बम लिएर नवोदित गायक बिदान कालिकोटे आउने तरखरमा छन् । आगामी नबेम्बर १९ शनिवारका दिन इस्फ्रिङफिल्ड, माछाचुसेसमा एउटा कार्यक्रममा एल्बम बिमोचन गर्ने तयारीमा छन् उनी ।

यस गीति एल्बममा सातवटा गीत समावेश छन् | बिदानले यी गीतहरुमा नेपाली सङ्गीत आकाशका अन्य हस्तीहरूसँग सहकार्य गरेको बताए ।

“यी गीतहरू सबै मायाप्रेममा आधारित छन् र यो गीति एल्बम माया र प्रेममा भुल्नेहरुका लागि समर्पित गरेको छु”,भूटान समाचार सेवासँग कुरा गर्दै बिदानले भने |

राधिका हमाल र मेलिना राईसँग युगल गीत छन् भने अन्य पाँचवोटा गीतमा उनको एकल स्वर सुन्न पाइनेछ। यस एल्बममा नेपालका चर्चित सङ्गीतकारहरूले सङ्गीत भरेका छन्।

यस एल्बममा लोक र आधुनिक गीतहरू सुन्न पाइन्छ।

“मेरो ठुलो लक्ष्य हासिल भएको छ | जसरी यहाँहरूको साथ र समर्थनले म यहाँसम्म आएँ, अघि बढ्न पनि यस्तै साथ दिनुहुन्छ भन्ने विश्वासमा छु”, मन्द मुस्कानमा कालिकोटेले आफ्नो अपेक्षा सुनाए !

आफू कला र सङ्गीतलाई सधैँ माया गर्ने भएकाले सबैको माया पाए यसरी नै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे उनले ।

“वसन्त सापकोटा, रमेशराज भट्टराई र भूटानी सङ्गितकर्मी भीम विश्वा जस्ता हस्तीसँग काम गर्न पाउनु मेरो भाग्य हो”, गायक कालिकोटेले थपे |

कालिकोटे पुनरवासपछि गीति एल्बम ल्याउने पहिलो गाएक भने होइनन्।